५ असार २०८३, शुक्रबार

सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट अवैध रुपमा भारत पठाईदै गरेको मेगाश्री बरामद गरेको छ

एसीपी संवाददाता

३१ असार २०७७, बुधबार १६:३१ मा प्रकाशित

सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट अवैध रुपमा भारत पठाईदै गरेको मेगाश्री बरामद गरेको छ । सशस्त्र प्रहरीको नरैनापुर बिओपीले भारत जाँदै गरेको ठुलो परिमाणमा मेगाश्री बरामद गरेको हो । नरैनापुर बिओपीका सशस्त्र प्रहरी निरीक्षक खडग बहादुर थापाको कमान्डमा गएको टोलीले आज बिहान ३ बजेको समयमा नेपालगन्जबाट भारत तर्फ लैजादै गरिएको ४५० पोका मेगाश्री नरैनापुर ४ सोताबगर सिमानाकाबाट बरामद गरेको हो । साथै सोही स्थानबाटैै नेपाल भित्रीदै गरेको १५० पोका सुपरपावर सुर्ती समेत बरामद गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x