चिनमा फर्की फर्की आउने अब चीनको राजधानी बेइजिङमा -१९

एजेन्सी / चिनको बुहान बाट शुरु भएको कोरोना भाइरसको महामारीमा बिश्वका थूपै्र देशमा असर परेको छ । सबै भन्दा बढि असर अमेरीका देखा गरेको छ । अहिले कोरोना कोभिड १९ बाट छिमेकी मुलुक भारत चौथो स्थानमा आएको छ । भने चिनमा फर्की फर्की कोरोनाका संक्रमित फेला परी रहेका छन् । चीनको राजधानी बेइजिङमा ५६ दिनमा फेरि कोरोना भाइरस फर्किएको छ । झण्डै २ महिनासम्म नदेखिएको कोरोना भाइरसको संक्रमण फेरि एक पटक देखिएपछि चिनियाँ स्वास्थ्य विभागले विशेष सतर्कता सुरु गरेको छ । बुधबार उपचारका क्रममा रहेका एक बिरामीको डिस्चार्ज भएको थियो । तर बिहीबार थपिएका १६ जनामा २ जना बेइजिङका बासिन्दा रहेको खुलेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बेइजिङको सिचेङ्ग इलाकामा दुई संक्रमित फेला परेको जनाएका छन् । चाइनाडेलीले संक्रमण थप फैलिन नदिनका लागि तत्काल नै विशेष कदम चालेको जनाएको छ । सरकारले देशको अन्य कुनै ठाउँबाट वा विदेशबाट आएमा तत्काल सेल्फक्वारेन्टाइनमा बस्नुपर्ने अनिवार्य नियम लागू गरेको छ ।
बेइजिङ सरकारले कोभिडका आपतकालीन सेवालाई खुकुलो पारेको थियो । ९ जुनमा अन्तिम बिरामीको डिस्चार्ज गरिएको थियो । तर बिहीबार फेरि दुई जनामा संक्रमण फेला परेको छ । ती बिरामीलाई बेइजिङ डिटान अस्पतालमा भर्ना गरिएको छ । यो अस्पताल कोभिड बिरामीका लागि बनाइएको विशेष अस्पताल हो ।
यी बिरामीको सम्पर्कमा दुई व्यक्ति आएका र उनको परिवारका सदस्यलाई मेडिकल निगरानीमा राखिएको बेइजिङ हेल्थ अथोरिटीले जनाएको छ । बेइजिङमा अहिलेसम्म ४ सय २० जनामा कोरोना संक्रमण भएको छ भने ९ जनाको मृत्यु भएको थियो । अब दुईजना संक्रमित बेइजिङमा रहेका छन् । सभार / काँचुली खबर बाट


