७ असार २०८३, आईतवार

राजनितीक सहमति भएको कुरामा ध्यानकर्षण

एसीपी संवाददाता

३१ जेष्ठ २०७७, शनिबार ०७:३९ मा प्रकाशित

जनमत पार्टीले नेपालगंजको मुटु रहेको बजार त्रिभुवनचोक लाई शहिद मधेश चोक राख्नु पर्ने माँग गरेको छ ।

फाइल / तस्बिर

आज प्रेश बिज्ञप्ति जारी गरी सो माग गरेको छ । केही दिन आगाडी आएको समाचार बारेमा आफ्नो ध्यानकर्षण भएको केन्द्रिय सदस्य मो.ईरफान शेषले जानकारी दिएका छन् । साबिक त्रिभुवन चौक भएको कुरा कतिपयलाई थाह छैन होला २०६२/ ६३ को जनअन्दोलनमा ध्वस्त बनाएको त्रिभुवनचौकलाइ सोही अन्दोलन पछि भएको मधेस अन्दोलनमा ज्यान गुमाएका सहिदहरुको नाममा ूमधेश सहिद चौकू नामाकरण गरिएको थियो ।

फाइल / तस्बिर

चौकको सौर्न्दर्य करण गरिनुपर्छ यसमा कुनै बिवाद नभएको हाम्रो धारणा स्पस्ट भएको शेषले बताए ।

प्रेस विज्ञप्ति:-
मिति२०७७साल जेठ २९ गते लोकप्रिय संदेश पत्रिकामा प्रकाशित त्रिभुवन चौक सौन्दर्यकरणमा सर्वदलीय सहमति भएको सम्बन्धमा जनमत पार्टीको ध्यानाकर्षण भएको छ।
साबिक त्रिभुवन चौक भएको कुरा कतिपयलाई थाह छैन होला २०६२/६३ को जनअन्दोलनमा ध्वस्त बनाएको त्रिभुवनचौकलाइ सोही अन्दोलन पछि भएको मधेस अन्दोलनमा ज्यान गुमाएका सहिदहरुको नाममा “मधेश सहिद चौक” नामाकरण गरिएको थियो। चौकको सौर्न्दर्य करण गरिनुपर्छ यसमा कुनै बिवाद नभएको हाम्रो धारणा स्पस्ट भएकोमा/ सौन्दर्य करण गरिएको चौकलाइ “मधेश सहिद चौक “नामाकरण गरियोस् भनि नगरप्रमुख ज्यूलाइ बुझाइएको ज्ञापनपत्रमा ,भएको सर्वदलीय /सर्वपक्षीय बैठकमा हाम्रो पक्षबाट यसमा सहमति बनाइ निर्माण कार्य गर्न गराउन हुन प्रस्ताव भएकोमा नामाकरणको सर्वसहमति नै नभई लोकप्रिय संदेश पत्रिकाले प्रकाशित गरेको त्रिभुवन चौक सौर्न्दर्य करणमा सर्वदलीय सहमति खबरले हामी जनमत पार्टी अत्यन्त दुखि मर्माहत भएका छौ । जनमत पार्टीको बिचार र धारणालाई समेत सम्प्रेषण नगरी यसमा तानाशाहका अवशेषहरु जनताको खवर संप्रेशन गर्ने संचारजगत सम्म फैलिएको हामीलाई महसुुस भएको छ ।
हामी सचेत छौं, सचेत गराउन चाहनछौं । मधेशको आफ्नो पहिचान र अधिकार स्वायत्त मधेश, संसदीय सर्वोच्चता भएको मधेश हाम्रो साझा धारणा हो। हामी लोकतन्त्रका पक्षधर हौं,यसमा अन्यथा बिचारको हामी बिरोधि हौं / बिरोध गर्दछौं ,यस्तो कुनैपनि कार्य नगर्न जो मधेशको बिचारको प्रतिकूल होस ।
पुनः हामी सचेत गराउन चाहन्छौं बलिदानी अन्दोलनको लागि पनि हामी हर हमेशा तयार छौ। अब मधेशको पहिचान र आदर्शमा हामी कुनै सम्झौता कसैसंग गर्दैनौं । हामी अन्य दल जस्तो आफ्नो राजनैतिक बिचार र सिद्धान्त पनि राख्दैनौं।

राज्यद्वारा हत्या गरि सहिद बनाइएका हरुको त्यस चौकमा सालिक राखी चौक निर्माण तथा “मधेश सहिद चौक” नामाकरण सहितको चौक मात्र मधेशी जनता तथा हामी जनमत पार्टीलाई मान्य हुनेछ अथवा हामी मधेशी जनताको पहिचान र अधिकारको लागि कडा अन्दोलनमा जानबाट एक इन्च पनि हट्ने छैनौ चेतना भया।
नगर प्रमुख डा.धवल शम्शेर राणा ज्यूलाई पनि विशेष आग्रह तपाईं मधेशी जनताको भावनासंग नखेल्नुस, होइन भने मधेशी जनता यसको हिसाब आउनेदिनमा आवस्य लिनेछ।
बाँके प्रशासन , सुरक्षा निकाय तथा नेपालगन्ज उपमहानगरपालिका लगायतका निकायलाई समेत आग्रह, जनताको भावनासंग खेलि द्वन्द्व हुने कार्य नहोस, हामी मात्र यति चाहन्छौ कि मधेशी जनताको अधिकारको लागि बलिदानी दिइएका हरुको सम्मान तथा पहिचानको लागि मधेश सहिद चौक सालिक सहित निर्माण होस।

इरफान अहमद शेष,
के.स.
जनमत पार्टी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x