२१ बैशाख २०८३, सोमबार

कांग्रेस नवलपरासीले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र

एसीपी संवाददाता

२ असार २०७७, मंगलवार १६:०४ मा प्रकाशित

नवलपरासी / २ असार नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीले विभिन्न बुँदे माग सहित जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । देशमा बढदो भ्रष्टाचार, पिडितहरु माथि बढदो अन्याय र सरकारको लापरवाहीले देशमा बढदो क्रोना भाईरसको संक्रमण विरुद्ध पार्टीले सरकारलाई दबाब दिन प्रधानमन्त्रीलाई जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाएको हो कांग्रेसले कोरोना भाइरस रोकथामका लागि सरकारको गैरजिम्मेवारीपन र बढदो भ्रष्टाचार रोकथामका लागि सरकारलाई दबाब दिन स्वदेश र विदेशबाट एकैसाथ प्रधानमन्त्रीलाई विशेष ज्ञापन पत्र बुझाउन निर्देशन अनुसार जिल्लामा पनि ज्ञापन पत्र बुझाइएको नेपाली कांग्रेसका जिल्ला कार्यबाहक सभापति अर्जुन कुमार पोख्रेलले जानकारी दिए ।

पार्टीले उक्त ज्ञापन पत्र मार्फत देशमा बढदो क्रोना भाईरसको संक्रमणलाई रोकथामका लागि सरकारलाई गम्भीर बन्न, क्वारेन्टाईलाई व्यवस्थापन सहित सबैको पिसिआर परिक्षण गर्न, आईशोलेन र क्रोना अस्पतालको उचित व्यवस्थाप गरि महामारी रोकथामका लागि आवश्यक पहल गर्न ज्ञापन पत्र मार्फत सरकारको ध्यानाकर्षण गराएको छ । त्यस्तै पार्टीले देशमा व्यापक रुपमा बढिरहेको भ्रष्टाचार न्युनिकरण गर्न, अन्यायमा परेका पिडितहरुलाई न्याय दिलाउन, बलात्कारका घटनाहरु न्युनिकरणमा ध्यान पु¥याउन, दोषिहरुलाई कार्वाही गर्न भन्दै सरकारलाई दबाबमुलक ज्ञापन मार्फत सरकारलाई ध्यानाकर्षण गराएको छ । पार्टीका कार्यवाहक सभापति अजुर्न कुमार पोख्रेलेको नेतृत्वमा पार्टीको जिल्ला कार्यसमिति, क्षेत्र, प्रदेश नगर कार्यसमिति, सम्पुर्ण भातृत्व संघ÷संगठन र सुभेच्छुक संस्थाहरुबाट करिब २ सय जनाको उपस्थितीमा उक्त ज्ञापन पत्र बुझाइएको हो । पार्टी कार्यालयबाट सामाजिक दुरी कायम गरि निकालिएको सरकार विरुद्ध विरोध ¥याली विभिन्न नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको थियो । ज्ञापन पत्र बुझाउन पार्टी कार्यबाहक सभापति अर्जुन कुमार पोख्रेल, संविधान सभा सदस्य देवकरण कलवार, संविधान सभा सदस्य विक्रम खनाल, नेका जिल्ला सचिव विक्रम यादव, पार्टी प्रवक्ता कुलदिप आचार्य, पार्टी जिल्ला सदस्य भिम बहादुर थापा, जिल्ला सदस्य विश्वप्रेम पाठक, क्षेत्रिय सभापति मुकुल आचार्य, नेका जिल्ला नेता उमेश यादव, रामग्राम नगरसभापति नारायण रेग्मी, सुनवल नगरसभापति सोमबहादुर रायमाझी, तरुदल जिल्ला सभापति शुक बहादुर गुरुङ्ग, महिला नेतृ आधारधना भट्ट, मधु शर्मा, लगायतले प्रशासन कार्यालय भित्र पुगेर प्रजिअलाई ज्ञापन बुझाएका थिए ।

यस्तै कांग्रेसका ७७ वटै जिल्ला कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारीमार्फत् र विदेशस्थित नेपाली जनसम्पर्क समितिका तर्फबाट नेपाली दूतावासमार्फत् प्रधानमन्त्री समक्ष विशेष ज्ञापन पत्र बुझाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x