२१ बैशाख २०८३, सोमबार

भारतसँग सम्बन्ध विग्रने अवस्था आए नेपालको अर्थतन्त्रमा गम्भीर असर-पूर्व अर्थमन्त्री पाण्डे

एसीपी संवाददाता

३ असार २०७७, बुधबार ०५:५९ मा प्रकाशित

फाइल / तस्बिर

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भारतसँग सम्बन्ध विग्रने अवस्था आए नेपालको अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने टिप्पणी गरेका छन्।

संघीय संसद प्रतिनिधि सभाको अर्थसमितिको मंगलबारको बैठकमा पूर्व अर्थमन्त्री पाण्डेले भारतीय रुपैयाँ र नेपाली रुपैयाँको विनिमय दरमा परिवर्तन गर्ने विषय भारतमा उठिराखेको र परिवर्तन भए नेपालको अर्थतन्त्रमा असर पर्ने बताए।

उनले नेपालको रुपैयाँ अवमूल्यन हुन सक्ने खतरा बढेको र यसले कोभिडबाट असर परेको अर्थतन्त्रलाई थप कमजोर बनाउन सक्ने बताए।

‘एक रुपैयाँको एक रुपैयाँ साठी पैसाको कन्भर्सन रेट तय गरेको १९९३ मा हो। त्यसयता हामीले कुनै रेट चेन्ज गरेका छैनौं। कमजोर नेपाली पैसालाई बलियो भारतीय पैसाले १.६० मा जुन कारोबार गर्न दिएका छौं यो एकप्रकारले प्रिभिलेज दिएको हो।’

यस्तै बजारमा डलरको माग बढी हुने र डलर बलियो हुँदा नेपाली रुपैयाँ थप कमजोर हुनसक्ने पनि पूर्वअर्थमन्त्री पाण्डेले बताए।

उनले भने ‘ग्लोबल क्राइसिसको कारणले धेरैजसो देशहरुले अमेरिकाको डलर बन्ड किनिरहेको हुन्छ। जापानले सबैभन्दा धेरै किनेको छ दोस्रोमा चाइना छ, अरु धेरै देशहरु पनि छन्। हाम्रै पनि पौने १२ खर्बको फरेन करेन्सी रिजर्भ छ, त्यसलाई हामी डलरमा किन्छौं। त्यसैले अब डलरको डिमान्ड बढेर जान्छ। त्यो माग्ने वित्तिकै सबै डलरको पेमेन्ट उसले गर्न सक्दैन। नसक्ने भइसकेपछि डलरको मूल्य माथि जाने र हरेक देशका करेन्सीहरु तल जान्छन्। त्यसले अटोमेटिकल्ली हाम्रो पैसा कमजोर हुन्छ।’

अर्थमन्त्रालयका अधिकारीहरुले अहिलेसम्म यो विषय नहेरेको उनले बताए। उहाँले कुनैपनि बेला भारतले कुनै पनि स्टेप चालेमा नेपाललाई अप्ठेरो पर्न सक्ने उनको भनाइ छ।

अहिले पनि काकडभिट्टा नाकाबाट नेपालमा आयात गर्न छुट भएको तर नेपालबाट निर्यात गर्न बन्देज लगाएको स्थिति रहेकोले अहिले नै भारतले त्यसतर्फ कदम चाल्न सक्ने अनुमान गर्न सकिने उनले बताए।

सरकारको राजश्व संकलन उच्च दरमा घटेकाले खर्च गर्ने क्षमता ह्रास भएको र अहिले पनि १ खर्ब ७० अर्ब नगद नोक्सान देखा परेको पाण्डेले बताए। यसले भुक्तानीमा असर पर्ने र अर्थतन्त्रमा दिर्घकालीन संकटको स्थिति देखापर्ने उनकाे भनाइ छ । सभार – सेतोपाटी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x