२१ बैशाख २०८३, सोमबार

स्वतन्त्र युवाहरू द्वारा निकालिएको विरोध कार्यक्रम

एसीपी संवाददाता

२ असार २०७७, मंगलवार ०८:५० मा प्रकाशित

स्वतन्त्र युवाहरू द्वारा निकालिएको विरोध कार्यक्रम गुलरिया बर्दियामा स्वतन्त्र युवाहरू द्वारा निकालिएको विरोध कार्यक्रम प्रति आपत्ति जनाउनेहरू त्यस कार्यक्रमा कुनै पनि पार्टीको घुसपैठ थिएन र कुनै पार्टीबाट परिचालित पनि थिएन। राष्ट्र र राष्ट्रिय स्वाभिमानको रक्षाको लागि जुर्मुराएर उठेको त्यो एउटा जन लहर थियो।जसले सरकारलाई खबरदारी गर्न सफल भएको जानकारी गर्दछौं।त्यो युवाहरूको जमातले नेपाल आमाको अस्मितालाई मेटाउन केही सक्रिय दलालहरू को विरोध विरोध गरेको थियो।

लिपुलेक जस्ता महान मुद्धामा सहायक एजेण्डा ल्याई जनता भुलाउने प्रयास गरियो किन ? (१० अर्ब/१ करोडको कोर्पेट/वि.क हत्या) मुलुक संकटमा परेको बेला ब्यापक भ्रष्टाचार, आर्थिक चलखेल, कालोबजारी र नाफाखोरि हुने हो त्यसको लागि हामी विरोध गरेका हौं। कोरोना महामारीको बेलामा दलिय हिसाबले राहत वितरण हुनु वा आफ्नो आफन्त र भोटरलाइ मात्र राहत वितरण गर्नु, वास्तविक पिडित गरिब वर्गले राहत नपाउनु हो हामी यसको विरोध गर्छौ ।

जातिय बिभेद, धार्मिक मतभेद आदि सामाजिक विभेदको अन्त्य गरिनुपर्छ र हत्या हिँसा लुटपाट बलत्कार चोरिडकैति आदि नियन्त्रण गरिनुपर्छ र दोषिलाई कानुनबमोजिम कडा कारबाही हुनुपर्छ भन्ने धारण विकास गराउन चाहन्छौं।पिसिआरको मात्रा अझै बढाउनु पर्छ भनेर सरकारलाई सचेत गरायौं अनि एमसिसी पास गराउनु हुन्न भनेर खवरदारी गर्यौं।त्यसैले याद राख्नुस् गुलरिया बर्दियाका युवाहरू के सहि के गलत छुट्याउन सक्ने भइसकेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x