१७ मंसिर २०८०, आईतवार

डुबेको रकम फिर्ता पाउन प्रदर्शन

एसीपी संवाददाता

८ फाल्गुन २०७६, बिहीबार ०५:५६ मा प्रकाशित

नन्दलाल साहू/नेपालगन्ज
नेपालगन्जको जनताले जम्मा गरेको रकम डुब्दा पीडितहरुले सहकारी बित्तीय संस्था लिमिटेड अगाडि बुधबार धर्नामा जुटेका थिए भने नगर भर प्रदर्शन गरेका छ्न।
सहकारीका उच्च पदाधिकारीहरुले रकम हिनामिना गरेपछि पीडितले बनेका बचतकर्ताहरुको संघर्ष समितिले निरन्तर आन्दोलन गर्दै आएको छ।
संघर्ष समितिका संयोजक बिजय गुप्ताको अगुवाइमा बुधबार पीडितहरुले जिल्ला प्रशासनसमक्ष देखि त्रिभुवन चोक हुदै सडकभर प्रदर्शन गर्दै उपमहानगरपालिका कार्यलय अगाडि प्रदर्शन गरेका छ्न।
मुख्य ढोकामा निरन्तर प्रदर्शन भैरहेको देखेर मेयर राणा आएर प्रदर्शनकारीबीच सम्बोधन थिए।यसै क्रममा प्रदर्शनकारीहरुले पीडितहरुको रकम फिर्ता गराइदिन सहयोगको लागि मेयर राणा लाई आग्रह गरेको संयोजक गुप्ताले बताएका छ्न।
सहकारीको ५२ करोड रुपैयाँ हिनामिना गरेको उच्च पदाधिकारीहरु फरार रहे पनि आधा दर्जन कर्मचारीलाई पुर्पक्षका लागि थुनामा रहेका छ्न।यसैगरी प्रहरीले चार दर्जन विरुद्ध मुद्दा चलाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x