वरिष्ठ कलाकार ठकुरीले अनवरत रुपमा निर्माण गर्नु भएका चित्रकला तथा हस्तकलाको बिधार्थीहरु द्वारा अबलोकन
नेपालगंज उपमहानगरपालिका वडा न ९ मा रहेको चित्रकला तथा हस्तकला संग्रहालयको बिहिबार स्थानीय बिधार्थीहरु द्वारा अबलोकन गरिएको छ। बाँकेका वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीले बिगत लामो समय देखि अनवरत रुपमा निर्माण गर्नु भएका कलाकृतिहरुको स्थानीय नारायण उच्च माबि र राझां एरपोर्ट स्थित आदर्श माबि गरि करिब २०० जना बिधार्थी द्वारा एकै दिन बेग्ला बेग्लै अबलोकन गरिएको छ । कलाकार ठकुरीको कला संग्रहालयमा खेर जाने बस्तुहरु बाट निर्मित कलाकृतिहरु , लोपुन्मुख , धार्मिक धरोहर , कागज एबम फांम बाट निर्मित आकर्षक कलाकृतिहरु , संस्कृतिक सम्पदाहरु , आइसक्रिम चम्चा बाट निर्मित मनमोहक कलाकृतिहरु , विभिन्न चित्रहरु गरि हजारौ कलाकृतिहरु सजिएका छन् । दिनहुँ जसो बिभिन्न बिद्यालयहरुबाट एक साथ धेरै बिधार्थीहरु अबलोकनका लागि पुग्दा उचित व्यवस्थापन नहुदा निकै कठिनाइ परि रहेको तथा संग्रहालयको उचित व्यवस्थापन हुन सके आउने पुस्ताले केहि सिक्ने अवसर, मार्गदर्शन प्राप्त गर्न सक्थे र हाम्रो मौलिक कलाकृतिको संरक्षण , प्रबर्दन र बिकाशमा उचित टेवा पुग्न सक्ने बताउनु हुन्छ श्यामानन्द कला तथा संस्कृति प्रतिष्ठान नेपाल, बाँकेका अध्यक्ष सागर सिंह ठकुरी । स्थानीय कलाकार एबम मौलिक कलाकृतिको संरक्षण ,प्रबर्दन र बिकाश गर्नु स्थानीय सरकरको दायित्वमा पर्ने भएकाले यस प्रति उचित ध्यान जान जरुरि देखिन्छ









