युनाइटेड एजुकेशनल एकेडमीको वर्षिक उत्सव सम्पन्न
बिहिवार युनाइटेड एजुकेशनल एकेडमी प्रा. लि नेपालगन्ज बाँकेले १९ वर्षिक उत्सव तथा अभिभावक दिवस २०७६ सम्पन्न गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथी प्रमुख जिल्ला शिक्षा तथा समन्वय इकाइका राम सुरेश यादवले पानस मा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको हो। उहाले नेपालमा राम्रो शिक्षाको आयोजना गर्ने मा अभिभावकको ध्यान आकर्षण गराउदै नेपालमै सर्वसुलभ मुल्यमा गुणस्तरीय र विश्वव्यापी मान्यता भएको शिक्षा भएको जानकारी गराउनुभयो । उहाँले नेपालमा पनि अरु देश जस्तो उच्च शिक्षाको वातावरण रहेको र थप बनाउनु पर्ने बताउनु भयो । महंगो खर्चमा उच्च शिक्षा हासिल गर्न विदेश जानुको सट्टा नेपालमै सर्वसुलभ मुल्यमा गुणस्तरीय र विश्वव्यापी मान्यता भएको शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरूमा अभिभावकहरुको ध्यान केन्द्रित गराउनु भयो। उच्च शिक्षा अध्यनका लागि बिदेश जाने परिपाटी बढेको कारण पनि नेपालमा शिक्षामा बिकासमा अवरुद्ध भइरहेको बताउनु भयो ।
बिशिस्ट अतिथिहरुले उच्च शिक्षाको लागि नेपाल बाट विदेशको लागि बाहिरी रहेको संख्या बढ्दै गएको परिवेशलाई मध्यनजर गर्दै नेपालमै गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरू छन् भन्ने जानकारिको लागि एजुकेसनल फेयरको बारेमा पनि जानकारी गराउनु भयो ।
कार्यक्रममा सो बिद्यालयको बिद्यार्थि( छात्र, छात्रा) कलाकारहरुको नाच गानको प्रस्तुती रहेको थियो। वर्षभरी विद्यार्थीले पढाई साथै गरेको अतिरिक्त क्रियाकलापहरुको उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरुलाई मेडेल र प्रमाणपत्रले समेत सम्मानित गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथी प्रमुख जिल्ला शिक्षा तथा समन्वय इकाइका राम सुरेश यादव, विशिष्ट अतिथी शिक्षा शाखा प्रमुख नेपालगन्जका गोरख बहादुए थापा, केन्द्रिय प्राविधिक सल्लाहकार डा. राजेश केशर खनाल, प्याब्सन जिल्ला अध्यक्ष राजेन्द्र आचार्य, वरिष्ठ पत्रकार पुर्णलाल चुके, अतिथीमा आफ्नो बाल बालिकाले वर्षभरिमा गरेका अतिरिक्त क्रियाकलाप, शिक्षाको बारे जानकारीको लागि अभिभावक, पत्रकार लगायतको उपस्तिथि रहेको थियो।




