१७ जेष्ठ २०८१, बिहीबार

“थारुवान आन्दोलन” ८औं दिनमा अनशन स्थगन

एसीपी संवाददाता

९ फाल्गुन २०७६, शुक्रबार ००:१२ मा प्रकाशित

धनगढी, ९ फागुन । थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु ८औं दिनमा अनशन स्थगन गरेका छन् ।
नेता थारुलाई कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जुस खुवाएर अनशन तोडाएका हुन् । नेता थारु फागुन १ गतेदेखि १४ बुँदे माग राख्दै आमरण अनशन बस्दै आएका थिए । उनको स्वास्थ्य अवस्थाको मध्यनजर गर्दै धनगढी संम्वाद समुहले कैलाली जिल्लामा रहेका राजनैतिक दलसंगको सम्वादमा दुई बुँदे सहमति भएको थियो ।
सम्वाद समुहले गरेको छलफलमा थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुको विगत ८ दिन लामो अनशका कारणले स्वास्थ्य अवस्था गभ्भिर रहेको र अनशनकारीको जीवन रक्षा संवेदनशिल भएकोले मोर्चाले उठाएको मुद्धाहरु सामाधान गर्नका लागि गठित गरिसचन्द्र लालको नेतृत्वमा बनेको उच्चस्तरी आयोग र अन्य विभिन्न समयमा बनेको छानवीन समितिको सत्य तथ्य छानवीन प्रतिबेदन सार्वजनिक गर्ने लगायतका मोर्चाले उठाएका उचित मागहरु राजनैतिकरुपले समाधान गर्न नेपालसरकारलाई अनुरेध गर्न कैलाली जिल्लाका क्रियाशील पार्टीहरु सहमत भएको छ ।
त्यस्तै अनशनरत नेता लक्ष्मण थारुलाई शान्तिपूर्ण आन्दोलनको अन्तिम अस्त्र आमरण अनशनलाई स्थगतन गरि कैलाली जिल्लाका राजनैतिक दलसंग छलफल र सहकार्य गर्दै आन्दोलनका अन्य विकल्पहरु अगाडी सार्न अनुरोध गरेको छ ।
अनशन स्थगन गर्रदै नेता थारुले भने ‘यो नै आन्तिम आन्दोलन होईन, अनशन मात्रै तोडेको हो आन्दोलन जारी रहन्छ ।सभार -केरनि न्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x