७ कार्तिक २०८१, बुधबार

सन् २०२० को पहिलो त्रैमासिकमा चीनको कुल ग्राहस्थ उत्पादन(जीडीपी) ६.८ प्रतिशतले गिरावट

एसीपी संवाददाता

५ बैशाख २०७७, शुक्रबार ०८:४० मा प्रकाशित

शुक्रबार चीन सरकारले एक तथ्यांक प्रस्तुत गर्दै यस वर्षको पहिलो त्रैमासिकमा जीडीपीमा गिरावट आएको जानकारी दिएको हो

एजेन्सी चैत ५ गते बेइजिङ — सन् २०२० को पहिलो त्रैमासिकमा चीनको कुल ग्राहस्थ उत्पादन(जीडीपी) मा ६.८ प्रतिशतले गिरावट आएको छ । शुक्रबार चीन सरकारले एक तथ्यांक प्रस्तुत गर्दै यस वर्षको पहिलो त्रैमासिकमा जीडीपीमा गिरावट आएको जानकारी दिएको हो ।कोरोना भाइरसको संक्रमण सुरु भएपछि यसले अर्थव्यवस्थामा परेको प्रभावबारेको तथ्यांक सार्वजनिक गर्ने चीन पहिलो मुुलुक हो ।चिनियाँ अधिकारीहरुका अनुसार अर्थव्यवस्थामा भारी गिरावट देखिए पनि रोजगार क्षेत्र भने स्थिर रहेको छ । कोरोना प्रभावले चिनियाँ रोजगारी क्षेत्रमा खासै असर नपरेको अधिकारीहरुको दाबी छ । चीनमा अहिले बेरोजगारी दर ६.२ प्रतिशत रहेको छ । चीनले सन् १९९२ बाट आफ्नो अर्थव्यवस्थाबारे तथ्यांक सार्वजनिक गर्न थालेपछि पहिलो त्रैमासिकमा यस पटक जीडीपीमा सबैभन्दा बढी गिरावट आएको बताइएको छ ।डिसेम्बरमा हुबेईको राजधानीमा कोरोना भाइरसको संक्रमण सुरु भएपछि जनवरीको पहिलो साताबाटै चीनले अधिकांश सहरमा लकडाउन र उद्योग प्रतिष्ठानहरु बन्द गरेको थियो । कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मुख भएको उल्लेख गर्दै चीनले केही दिन अघिदेखि लकडाउन हटाउँदै उद्योग प्रतिष्ठानहरु खोलेको छ ।कोरोना भाइरसको सक्रमणका कारण चीनमा शुक्रबार बिहानसम्म ३ हजार ३ सय ४६ जनाको मृत्यु भएको छ । त्यस्तै ८३ हजार ४ सय २५ संक्रमितमध्ये ७८ हजार ४ सय ४५ जना निको भएका छन् । सभार ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x