१२ मंसिर २०८०, मंगलवार

पाकिस्तानी नागरिक फेला परेपछि पाकिस्तान राजदूतावासले विशेष चासो लिएको छ

एसीपी संवाददाता

७ बैशाख २०७७, आईतवार ०९:५२ मा प्रकाशित

अन्नपुर्ण पोस्ट

कपिलवस्तु : शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा बस्दै आएका एक पाकिस्तानी नागरिकलाई प्रहरीले क्वारेन्टिनमा राखेको छ । विशेष सूचनाको आधारमा प्रहरीले स्थानीय रहिम मुसलमानको घरमा चेकजाँच गर्दा पाकिस्तानीको मिरपुर खास निवासी ३६ वर्षीय शैयद नोमान वसारद लुकेको अवस्थामा फेला पारेको थियो । पाकिस्तानी नागरिक वसारदलाई प्रहरीले शिवराज नगरपालिकाले बनाएको क्वारेन्टिनमा राखिएको छ । उनको र्‍यापिड टेस्ट गर्दा भने रिर्पोट नेगेटिभ आएको शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुरामडी भट्राईले बताए । उनको स्वाब परीक्षणको पनि तयारी गरिएको छ ।  

पाकिस्तानी नागरिक वसारद गत माघ ७ गते ३ महिनाको पर्यटक भिसामा नेपाल भित्रिएका थिए । उनको भिसाको म्याद पनि आइतार (आज) सकिएको छ । उनीसँग रहेको भिसा र कागजपत्र चेकजाँच गर्दा वैध रहेको र उनको बारेमा थप अनुसन्धान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताए । पाकिस्तानी नागरिक फेला परेपछि यस सम्बन्धमा भने पाकिस्तान राजदूतावासले विशेष चासो लिएको एक सरकारी अधिकारीले बताए । 

/ सभार अन्नपुर्ण पोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x