देश भरीका जिल्लाहरुमा लकडाउन कडा बनाउने निर्देशन, बिहान १० बजेदेखी औषधी पसल बाहेक सम्पुर्ण पसलहरु बन्द गर्न प्रशासन अनुरोध

बिहिबार एक सुचना जारी गर्दै बाँके प्रशासनले बिहान १० बजेदेखी सबै पसल ब्यवसाय बन्द गर्न जिल्लाबासिहरुमा आह्वान गरेको छ । अरु जिल्लामा भन्दा बाँके जिल्लामा लकडाउन उल्घनका गतिविधिहरु बढ्न थालेको भन्दै प्रशासनले बिहान १० बजेदेखी सबै पसल ब्यवसाय बन्द गर्न सुचना जारी गरेको हो

बैशाख १८ गते नेपालगंज । जिल्ला प्रशासन कार्यालय बाँकेले बिहिबार नयाँ सुचना जारी गर्दै शुक्रबार १९ गतेबाट बिहान १० पछि औषधी पसल बाहेक सम्पुर्ण पसलहरु सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गदै बन्द गर्न सुचना जारी गरेको छ ।

् यस भन्दा पहिले प्रशासन साँझा ४ बजे सम्म भनेर सुचना जारी गरेको थियो तर यसको गलत अर्थ लिदै सर्बसाधारणले सुचना न मानेका कारण लकडाउनलाई थप कडाई गर्ने भएको छ । कोभिड १९ का कारण चैत्र महिनाको दोस्रो सातादेखी देश पुर्ण रुपमा लकडाउन भएको थियो ।

तर पनि लकडाउन स्थानियहरु क्ै कारण केही दिन देखी खुकुलो बन्दै गएका कारण बेलुका ४ बजेदेखी अत्यावश्यक सेवा बाहेक सबै बन्द रहने प्रशासन सुचना प्रकाशित गरेर जानकारी दिएको छ । शुक्रबार १९ गतेबाट बाट लागु हुने गरि रुटिङ परिबर्तन गरेको हो ।

बिहिबार एक सुचना जारी गर्दै बाँके प्रशासनले बिहान १० बजेदेखी सबै पसल ब्यवसाय बन्द गर्न जिल्लाबासिहरुमा आह्वान गरेको छ ।

अरु जिल्लामा भन्दा बाँके जिल्लामा लकडाउन उल्घनका गतिविधिहरु बढ्न थालेको भन्दै प्रशासनले बिहान १० बजेदेखी सबै पसल ब्यवसाय बन्द गर्न सुचना जारी गरेको हो । प्रशासनले जारी गरेको सूचना तथा लकडाउन उलङ्घन गर्नेलाई कानुन बमोजिम कार्यवाही गर्ने बताईएको छ ।