१२ मंसिर २०८०, मंगलवार

बिदेशमा बस्ने नेपाली मजदुरहरुको हक हित र अभिभावक बन्नको लागि मजदुरहरु आफै मिलेर नेपाली मजदुर एकता समाजले प्रबास ब्यूरो निर्माण

एसीपी संवाददाता

२१ बैशाख २०७७, आईतवार १३:१४ मा प्रकाशित

प्रिया राना ब्राजिल

संसार भरिका श्रमजीवी मजदुरहरु एक हौं र मजदुर माथी हुने शोषन,अन्याय,तथा ब्याल्कमेलिङ विरुद्ध मजदुरको लागि मजदुर अभियान भन्ने नाराको साथ बिदेशमा बस्ने नेपाली मजदुरहरुको हक हित र अभिभावक बन्नको लागि मजदुरहरु आफै मिलेर नेपाली मजदुर एकता समाजले प्रबास ब्यूरो निर्माण गरेको छ । रास्ट्रिय स्वधिनताको रक्षा, भ्रष्टचार तथा समाजिक बिकृतीको अन्त्य र स्वाभिमान नेपालीको पहिचान बोकेको यो सस्थामा संसारको सबै बिदेशी भुमिमा मजदुरी गर्दै आउनु भएका मजदुरहरुले आफ्नो पिडा , दुख र समस्या पोख्न पाउने छन् । बिदेशी भुमीमा अलपत्र परेका , दुख पाएका ,मेनपावर बाट ठगीएका ,कम्पनी बाट ठगीएका ब्याक्तीको उचित ठाउमा संयोजन र पहल गरि उनीहरुलाई सहयोग र उद्घार गर्ने यो संस्थाको मेन उदेश्य रहेको छ । भर्खर मात्र स्थापना भएको यो संस्थामा अहिले संसार भरिका 15 देशका मजदुर साथीहरु यो अभियानमा जोडीएका छन् । संसार भरिका जो कोहि ब्याक्तीहरु यो सस्था मा बिना स्वार्थ जोडीएर मजदुर को हक हितको लागी लड्न पाउने छन् । अहिलेसम्म को तथ्यांक लाइ हेर्दा मजदुरहरुको सबै भन्दा बढी समस्या खाडी मुलुकमा हुने गर्द्छ खाडी देशमा काम गर्ने हजारौं हजार नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु सधै पिडा र समस्यामा परेका हुन्छन् उनीहरु हरेक दिन अनेक थरिका समस्याहरु भोग्न बाध्य भएका छन् यस्ता पिडामा बसेकालाइ उद्घार गर्ने ,सहयोग गर्ने भनेर विभिन्न संस्थाहरु खोलेर पनि काम नगरी आस मात्र देखाइएको पनि मजदुर हरुको गुनासो आउने गरेका छन ठुला ठुला काम गर्छौ भनि भब्य कार्यक्रम गरि दुई चार जना संचारकर्मी र केही ठुला भनौदा भ्रष्ट मान्छेलाइ बोलाइ खादा ओढाइ, आफू पनि चाङ खादा र माला लगाइ केही मान्छे जम्मा गरि उनीहरुको अघि घाटी सुक्ने गरि भासण गरेर आफुलाइ सबैभन्दा मजदुर मुखी दाबी गर्ने हरुको जमात पनि हामीले यदा कदा सुन्दै आएको छौ ।

उनीहरु काम भन्दा नाम चर्चा र पैसाको पछि लागेका छन् । तर यस्ता संस्था भन्दा अलग्गै यो संस्थाले इमानदारीता का साथ काम र कर्तव्य लाई पूरा गरि निरन्तर अघि बढनेे छ भन्ने हामीले बिश्वास लिएको छाै । यतिबेला अरुले जस्तै बाहिर हल्ला नगरे पनि साच्चिकै मजदुर हरुको सक्रियता पुर्वक लागेको देखिन्छ मजदुरका लागी मजदुर अभियान अन्तर्गत २८ जुलाई २०१९ मा स्थापना गरि औपचारिक रुपमा मलेसियाबाट सुरु गरिएको यो संस्था ले सुरुवातीमै मलेसिया साउदी लगाएत विभिन्न देशका मजदुर हरुको उद्दार तथा न्यायको क्षेत्रमा सक्रिय भए सङै् मजदुर माझ निक्कै लोकपि्रय बनेको थियो यसरि नै स्थापना देखी नै निरन्तर सक्रिय रहदै मलेशिया साउदी कतार युएई लगाएत देशमा गरि हजारौं पीडित कामदारको उद्दार तथा न्यायको निम्ति पहल गरिसकेको छ ।पछिल्लो चरण कोरोना महामारी संगै मजदुर माथीका समस्या समाधानको निम्ति पहल सहजीकरण र प्रत्यक्ष उद्दारमा सक्रिय रहेदै आएको छ एक महिना मात्रै युएईमा अलपत्र ३०० कामदार बारे तथा विभिन्न देशमा अलपत्र कामदार लाइ व्यवस्थापन तथा स्वदेश फर्काउनको।निम्ति अन्तर्राष्ट्रिय समिति ले एक विज्ञप्ति जारी गर्दै संबंधित देशका नेपाली राजदुतावास , वैदेशिक रोजगार बिभाग,श्रम मन्त्रालय मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको थिए भने अहिले उक्त कामदार हरुलाइ युएई दूतावासको आग्रहमा विभिन्न संग संस्था हरुले राहत व्यवस्थापन गर्दै आएका छन यस्तै मलेसियामा 18 मार्च देखि कोरोना भाइरस नियन्त्रण गर्न को लागि मलेसिया सरकारले गरेको movement control oder (MCO) लागू भए सगै मलेसियाको विभिन्न ठाँउमा काम गर्दै आएका श्रमिक दाजुभाइ दिदिबहिनीहरु विभिन्न समस्या पर्न आएको छ । विशेषगरी भिसा सकिएर नेपाल फर्किन अन्तिम तयारी गर्दा मेलेसिया सरकारले MCO लागू गरे पछि भिसा सकेर बसेका सयौ नेपालीहरु अलपत्र परेका छन । तर उनीहरुलाई अहिले अबैधानिक भन्दै मलेसिया प्रहरीले पक्राउ गरेको र गर्दै आइरहेको छ। यस्तै यो कोरोना को महामारी को समयमा विभिन्न कम्पनीले श्रमिकलाइ काम बाट निकाली दिने , खाद्यान्न अभाव तथा कोरोना कोष भन्दै यो संबेदनसिल घडीमा जोखिम मोलेर काम गरिरहेको श्रमिकलाई तलबमा कतौति गर्ने जस्ता कामले मजदुरलाई झन पीडित बनाएको अवस्था छ । यस्ता गुनासोहरु धेरै आएको हुदा पीडितहरुलाई उचित न्याय र भिसा सकेर नेपाल फर्किन कुरिराखेेेका नेपालीहरुलाइ छिटो भन्दा छिटो नेपाल फर्काउन पहल गर्न र ब्यवस्थापन गर्न नेपाली राजदुतावास कोलालाम्पुर मलेसियामा यो नेपाली मजदुर एकता समाज मलेशिया समितिले पनि ध्यानाकर्षण गराएको छ । यसैगरी विभिन्न देश बाट यस्ता समस्याहरु निरन्तर आइरहेको र यो संस्थाले यस्ता समस्याको समाधान गर्न निरन्तर लागिपरेको छ । संस्थाले अन्तर्राष्ट्रिय हटलाइन नम्बर फेसबुक पेज आइडी मार्फत मजदुर हरुलाइ सहजीकरण गरेको छ तपाईंहरुको सहयोग, साथ र मायाले यो संस्थालाई अझ बढी काम गर्न हौसला मिल्ने छ । यसै गरि विभिन्न देेेशमा समस्यामा परेका नेपालीहरुले यो संस्थालाई सिधै खबर गरि सहयोग माग्न सक्नेछ। र उनीहरुको समस्यालाइ समाधान गर्ने छ भन्ने पुर्ण आसबादि सहित शुुभकामना व्यक्त गर्दछौ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x