१७ कार्तिक २०८१, शनिबार

मध्यपश्चिम क्याम्पसले गर्‍यो विद्यार्थीलाई स्वागत तथा बिदाइ

एसीपी संवाददाता

१२ फाल्गुन २०७६, सोमबार १३:१३ मा प्रकाशित

सोमबार नेपालगन्जमा रहेको मध्यपश्चिम क्याम्पस नेपालगन्जले विद्यार्थीलाई स्वागत तथा बिदाइ कार्यक्रम गरेको छ ।
मध्यपश्चिम क्याम्पस नेपालगन्जको आयोजनामा आज क्याम्पसको प्राङ्गण स्थित प्रथम वर्षको विद्यार्थीलाई स्वागत र चौथो वर्षमा अध्यनरत विद्यार्थीलाई बिदाई कार्यक्रम गरेको छ ।
स्वागत तथा बिदाई कार्यक्रमको प्रमुख अतिथी त्रिभुवन बिश्व बिद्यालय प्रोफेसर एवम् महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज निवर्तमान प्रमुख मोहनजंग शाहले पानसमा दिपप्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको हो । उहाले कार्यक्रममा उपस्तिथ रहेकाका समस्त विद्यार्थीहरुलाई पढाई बारे केही शिर्षकमा आफ्नो मन्तव्य राख्दै, चौथो वर्षका विद्यार्थीलाई आफुले चार वर्ष अध्यन गरेको विद्यालयलाइ नबिर्सन अनुरोध गर्नु भयो । साथै आउदो परिक्षाको तयारीको सुभकामना मन्तव्य राख्नुभएको हो ।
कार्यक्रममा प्रथम वर्षको विद्यार्थी आचलकुमारी गुप्ताले स्वागत मन्तव्य राख्नु भएको हो । वर्षको सबै भन्दा राम्रो विद्यार्थी आशिष पौडेललाइ उपाधी दिइएको हो।
कार्यक्रममा किताब प्रतियोगिता २०७६, टि. टि. प्रतियोगिता, लंगजम्प, भलिबल, फुटबल प्रतियोगितामा प्रथम, दोस्रो, तृतीय भएको सहभागी प्रतिस्पर्धालाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा पमुख अतिथी त्रिभुवन बिश्व बिद्यालय प्रोफेसर एवम् महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज निवर्तमान प्रमुख मोहनजंग शाह, बिशिस्ट अतिथि सो क्याम्पस प्रमुख भगत नेपाली, अतिथि श्रीधर अधिकारी, यसोदा शर्मा, अन्य शिक्षक, विद्यार्थी, पत्रकार लगायतको उपस्तिथि रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x