१२ मंसिर २०८०, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीको आज ६९ औँ जन्मदिन

एसीपी संवाददाता

११ फाल्गुन २०७६, आईतवार ०३:४७ मा प्रकाशित

एजेन्सी फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) आफ्नो ६९ औँ जन्मदिन मनाउँदै छन् । आफ्नो जन्मदिन मनाउन प्रधानमन्त्री ओली आफ्नो जन्मथलो तेह्रथुमको आठराई वडा नम्बर ४ ईवा पुग्ने भएका छन् ।
२००८ साल फागुन ११ मा तेह्रथुमको साविक ईवा गाविसको सल्ले (हाल अठराई गाउँपालिका–४)मा ओलीको जन्म भएको थियो । आफू जन्मेकै स्थानमा पुगेर आफ्नो जन्मदिन विशेष बनाउन लागेको प्रधानमन्त्री ओलीले बताएका छन् । प्रधानमन्त्री ओली आजै तेह्रथुन प्रस्थान गर्ने छन् ।
प्रधानमन्त्री ओलीको ईवामा चिटिक्क परेको पुख्र्याली घर छ । त्यो घर रहेको स्थानलाई संग्राहालयको रुपमा विकास गर्न लागिएको छ । प्रधानमन्त्री ओली गाउँ आउने भएपछि उनका दौतरी साथीहरु पनि खुसी भएका छन् । केही समयअघि मात्रै भातिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ ओलीको घर निरीक्षण गर्न गएका थिए ।
ओलीको गाउँमा प्रधानमन्त्री आउने भएपछि गाउँको रौनक नै फेरिएको छ । प्रधानमन्त्रीको निजी जग्गा र आसपासका जग्गा गरी दुई सय पचास रोपनीभन्दा धेरै जग्गा केपी शर्मा ओली ट्रष्टका नाममा ल्याइँदै छ । ट्रष्टले सो जग्गामा प्राविधिक शिक्षालय बनाउने बताइएको छ । प्रधानमन्त्री ओलीले जन्मदिनका अवसरमा जग्गा अर्पण गर्दै प्राविधिक शिक्षालयको घोषणा गर्ने कार्यक्रम रहेको छ ।
तेह्रथुमको छातेढुंगाबाट प्रधानमन्त्री ओलीको घर हुँदै मदन भण्डारीको जन्मघर ताप्लेजुङ ढुङगेसाँघु जोडिने सडकको पनि प्रधानन्त्री ओलीले शिलान्यास गर्ने कार्यक्रम रहेको छ । सो सडक करिब सय किलोमिटरको हुने बताईएको छ । सडकको १० किलोमिटर तत्कालै पिच हुने जनाइएको छ ।
प्रधानमन्त्री ओली जन्मदिन मनाउन गाउँ आउनेभएपछि गाउँपालिकाले प्रधानमन्त्रीसहित सबैलाई खान र बस्नको लागि ब्यवस्था मिलाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x