७ कार्तिक २०८१, बुधबार

आदतसे मजबुर असभ्यहरुको पेण्डेमीक शहर

एसीपी संवाददाता

२५ बैशाख २०७७, बिहीबार ०७:४७ मा प्रकाशित

बसन्त शर्मा

  • दहशतजदा हैं लोग हमारे शहरमे आज ।
  • अपनेसे गीरगया है कोईबुत शहरमे आज ।।

शरदचन्द्र उपाध्यायको यो मतलाले हाम्रो नेपालगन्जको बयान गरिरहेको आभाष हुन्छ आजकाल ।

औलो र हैजाको महामारी झेलीसकेको शहर पो हो नेपालगन्ज, देश मै सबैभन्दा गर्मी अनुभव गरिने शहर पनि त हो नेपालगन्ज । महामारीका गाथाले संसारका कतिपय शहरहरुको अस्तित्व संकटमा पारेको इतिहांस हामीले पक्कै पढेका छौं । देख्ने पुस्ता त यतिवेला ज्युँदा नहोलान । पछिल्ला घट्नाक्रमले शहरको चिनारीमा कालो दाग नलाग्ला भन्न सकिन्न । यहाँ गरिव र मजदुरको समस्या भन्दा पढेलेखेका सम्भ्रान्तहरुको असभ्यता खुबै  देखियो । 

पेन्डेमिक शहर अर्थात नेपालगन्ज गुलरिया आसपासको यात्रा काठमाडौंबाट फर्के पछिको हो

थाह छैन उनि को हुन,

तर खै किन मनले उनी फेरी भेटिनु पर्छ भनिरहन्छ !!

हाइवेयमा रफतारमा कुदिरहँदा एक्कासी एउटा स्कुटीले सरर ओभरट्याक गर्छ ।

बडो रोमाञ्चक तरिकाले स्कुटी चलाइ रहेकी उनि को हुन अत्तो पत्तो छैन ।

हावाको झोक्का जसरी आइन अनि उसैगरी गनतब्यमा रफतार गइन ।

लक डाउन चलिरहेकै समय काठमाडौंबाट गृह जिल्ला बाँके फर्किसकेको थिएँ ।

काठमाडौंमा रहेकाहरुले नेपालगन्ज कसरी पुगौला भन्दै गर्दा आँफु कुदीयो,नेपालगन्ज । मैले नेपालगन्जलाई कसरी भूल्न सक्छु र !! भलै नेपालगन्जले मलाई विर्सन सक्छ । नेपालगन्ज सदाबहार बाढी र डुबानले चर्चामा आउँछ सशस्त्र युद्धका बेलामा उत्तिकै चर्चामा थियो, मधेश आन्दोलको विजारोपनले चर्चा कम भएन,राजाको शासनका बेला समर्थक र विरोधि कम थिएनन,सञ्चारकर्मीहरुले प्रेस स्वतन्त्रताका लागी गर्ने जोडतोडको विरोध पनि नेपालगन्जको चिनारी हो । अझं अघि जगंबहादुरको शहर पनि भनेर चिनिन्थ्यो । पञ्चायत ताका घाघरान प्रजातन्त्र सेनानीहरु बस्ने नेपालगन्ज । भेट्रान खेलाडीहरुको वासस्थान पनि त हो यो नेपालगन्ज । राजतन्त्र र हिन्दूत्वका समर्थक पनि कम छैनन यहाँ । उसो त करिव करिव २० प्रतिशत मुस्लिम समुदाय पनि बस्छन् ।

शहरमा थुप्रै चर्च पनि सञ्चालनमा छन् ।

घरकै आसपासमा लक डाउनकै अवधिमा एउटा नयाँ चर्चमा छाना बनिरहेको थाह पाएँ । नगरको मूल सडक सुर्खेतरोडमा रहेको शिख धर्मको गुरुद्वाराका मनकारीहरुले लकडाउनमा सिमामा फसेका थुपै्रलाई खाना (लगंर) पनि खुवाएको शहर हो यो नेपालगन्ज । वास्तवमा नेपालगन्जले धेरै प्रतिकुल परिस्थितीबाट अनुकुलता तर्फ नबदलेको पनि कहाँ हो र !!

उनी अर्थात कहाँबाट आइन कता गइन मनमा कुरा खेलिरहँदा अलि पर स्लो मोसनमा ड्राइभ गरिरहेकी उनिले ट्राफिक नियमको कति उल्घंन गरिन मैले थाह पाइन । तर उनले स्पिडमा स्कुटी चलाउनु आफ्नो प्यासन हो है भन्दै कम्पिटिसन गर्ने हो भनेर ललकारेर फेरी सुईकुच्चा ठोकिन । मैले पनि दिमागलाई भन्दा मनलाई महत्व दिएँ अनि एक्सलेटर थिचेर पछ्याउँदै कुदें ।

नेपालगन्ज पुग्न करिव २५ किमी  बाँकि रहँदा उनि भेटिएकी थिइन । ५ पटक जति ओभरट्याक गरेर हावामा गफियौं पनि विना परिचय ।

मलाई नेपालगन्ज पुग्नु पर्ने थियो उनलाई कहाँ पुग्ने मलाई थाह थिएन् ।

मोडमा उनले स्कुटीको ह्याण्डिल र्टिर्नगं कट मार्दा फर्मुला वान की राइडर जस्तो लाग्थ्यो । अनि उनको कपाल त समुद्रमा तैरन माछा जस्तै होइन खहरे खोलामा खोलाको उल्टो दिशामा पौडने माछाका पखेट्टा जस्तै देखन्थ्यिो ।

बोलि र जिउडालले कडक लाग्थिन,कता कता हिन्दी सिनेमाकी इन्सपेक्टर दुर्गा जस्ती पनि । कतिले हेर्नु भयो त्यो हिन्दी फिल्म कुन्नि !! 

नेपालगन्ज यसपटक कोभिड १९ को संक्रमणमा फर्मुला वान जस्तै रेशमा छ ।

दिनै पिच्छे नयाँ संक्रमितको संख्या बढ्दै जाँदा मलाई उनै अपरिचित स्कुटर चालकको रफ्तार सम्झना दिलाउँछ ।

आखिर उनि कहाँ होलिन ? के गर्दै होलिन ? यता कोभिड १९ का संक्रमितहरु कहाँ कहाँ होलान ? के गर्दै होलान ? को को होलान ? कति होलान नेपालगन्ज भित्र ? यावत प्रश्न मनमा खेलिरहन्छन् ।

वास्तवमा उनि स्वस्थ्य ब्यक्ति हुन भने त्यो स्पिड स्वस्थ्य थिएन,

मलाई कतै उनि मानसीक रोगबाट ग्रस्त पो हुनकी भनेर चिन्ता पनि लाग्यो, तर मेरो चिन्ता ब्यर्थको रह्यो ।

यता नेपालगन्ज दिन दिनै संक्रमणको शिकार बन्दै गइरेहकोले स्वाभाविक थियो मेरो मात्रै नभएर नगारवासीहरुमा चिन्ता बढ्नु ।

हिन्दीमा एउटा भनाइ खुबै चर्चित छ नि आदतसे मजबुर भने जस्तो यसपटक शहरका सम्भ्रान्त भनिने,पढेलेखेका वर्गहरु नै असभ्य देखिए ब्यवहार र सामाजिक सञ्जालमा । यो पटक राज्यले अख्तियार गरेको लक डाउनको उल्लघंन गर्ने, निषेधाज्ञाको ख्याल नगर्ने यी तिनै असभ्यहरु हुन् । समस्या त दैनिक मजदूरी गर्नेहरुलाई बढी होला,ज्यालादारीमा काम गर्नेहरुलाई झनै कति समस्या होला ।

एक जना परिवार कोठा भाडामा लिएर बस्नेहरुको चुल्होमा आगो नबलने अवस्था आएको सूचना आयो । लक डाउनमा रहेकाले वडा अध्यक्ष र मेयर समक्ष समस्या सुनाउँदा मेयरले वडा अध्यक्षलाई सुझाए वडा अध्यक्षले तपाईहरु आँफै सहयोग गर्नुस न, भन्ने सम्मको गैर जिम्मेवार जवाफ पनि पाइयो । नागरिकले आँफुले सक्दो सहयोग गरिरहेकै छन भन्ने स्थानीय तहले बुझन सकेनन । ती वडा अध्यक्षको नाम गोप्य नै छ, कुनैबेला परिस्थितिले धकेल्यो भने प्रक्रिया पुगाएर उजागर पनि गरौंला ।

तर नगरवासीले निषेधाज्ञाको उल्लघंन गर्दा पटक्कै चित्त बुझेन निषेधाज्ञा र समयको सिमाका विषयमा बहस गर्न खप्पिस केही अधिकार कर्मीहरु पनि बजारमा फाटपुट्ट हाजिर लगाउन थालेछन् । तर उनिहरुलाई हेक्का रहनुपर्छ संक्रमण गर्ने भाइरसले कुनै समयको परिवन्धलाई मान्ने छैन भन्ने । घण्टौं अघि देखि सूचना जारी गरिएको निषेधाज्ञाको सूचनालाई गम्भिर भएर नलिनेहरु प्रहरीको आग्रहलाई कम्जोरी ठान्नेहरु भिड नियण्त्रण गर्दा भएको प्रहरीको बल प्रयोगलाई गलत देखाउन लागि परेकै छन,केही नेपालगञ्जियाहरु जो आदतसे मजबुर छन् , यसो भनिरहँदा सकेसम्म प्रहरीले कमसेकम थोरै बल प्रयोग गर्नुपर्छ भन्ने मेरो पूर्ववतको मान्यतमा कतै तुषारापात भएको छैन् ।

पछिल्ला घट्नाक्रमले नेपालगन्ज असभ्यताको भुमरीमा एक पछि अर्को गर्दै फस्दै रोइरहेको आभास हुन्छ । कोरोना संक्रमणबाट बच्न नसक्ने हो भने नेपालगन्ज भविष्यमा कलंकित हुनेछ । संक्रमणबाट बाँचेका भविष्यका सन्ततीले नेपालगन्जको सायद नाम बदल्ने छन् ।

असभ्यताको पराकाष्ठाको रुपमा लिन सकिन्छ लक डाउन उल्लघंनको लगातारको श्रृखंलालाई । त्यसैले त निषेधाज्ञा जस्तो अवस्था आइपुग्यो अनि भन्नै पर्ने हुन्छ आँफुले मायाँ गर्ने ठाउँलाइ देशकै असभ्य नागरिक बस्ने गर्मीको ब्यवहारमा फोहोरी शहर भनेर ।

अनि कुनै दिन नेपालगन्ज आएकाहरुले नेपालगन्ज शहर सम्झेर सायदै असभ्यहरु भन्लान की !! मलाई चिन्ता लागेर आयो । परिस्थितिलाई बुझन नसक्दा कालो इतिहांस पनि लेखिन सक्ने सम्भावना उत्तिकै बलियो छ ।

फेरी मनले उनै स्कुटी चालकलाई खोज्न थाल्यो,

रोग र दूर्वलताबाट मुक्त हुनु मात्र नभई मानसिक तथा सामाजिक तवरले पुर्ण तन्दुरुस्तिको अवस्थालाई सन् १९४६ देखि विश्व स्वास्थ्य संगठनले स्वस्थ्य मानिस भनेर परिभाषित गरेको छ । त्यसैले उनको स्वास्थ्यको बारेमा सोच्न बाध्य भएँ ।

कोरोनाको संक्रमण फैलिएको नेपालगन्जमा साँच्चिकै ति अपरिचित स्कुटी कुदाउने कहाँ होलिन है ? हामी जो जहाँ  जहाँ भएपनि सुरक्षित रहौं, लक डाउन र निषेधाज्ञाको पालना गरौं ।

(साभारः सुनपानी डट कम)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x