ओएनएस ग्रुपले “नेपालगन्ज फेसन शो” आयोजन गर्ने

फागुन १२ । फेसन र मोडलिङ क्षेत्रमा लाग्न चाहने युवायुवतीलाई लक्षित गर्दै ओएनएस ग्रुप नेपालले “नेपालगन्ज फेसन शो” कार्यक्रमको आयोजना हुने । फेसन र मोडलिङ क्षेत्रमा लाग्न चाहने युवायुवतीलाई लक्षित गर्दै ओएनएस ग्रुप नेपालले “नेपालगन्ज फेसन शो” आयोजना गर्न लागेको हो।
सोमबार नेपालगन्जमा पत्रकार सम्मेलन गरि आयोजक टिमले “नेपालगन्ज फेसन शो”को बारेमा औपचारिक जानकारी दिएको हो।
फेसन र मोडलिङ क्षेत्रमा रुचि राख्ने एवम यसै क्षेत्रमा अगाडि बढ्न चाहनेहरुलाई केहि सहज होस भन्ने मुख्य उद्देश्यले फेसन शोको आयोजना गर्न लागेको ओएनएस ग्रुपका सिइओ कृष्टल केसीले जानकारी दिए।
आयोजकका अनुसार फेसन शो आगामी चैत्र २२ गते नेपालगन्जको सुनाखरी रेष्टुरेन्टमा हुनेछ। यसै क्षेत्रमा क्रियाशिल फोटोग्राफर , भिडियोग्राफर र उद्योगी व्यवसायीहरुको सहभागीता रहने उक्त कार्यक्रम पश्चात् नेपालगन्ज क्षेत्रमा पनि विभिन्न बिज्ञापन भिडियो तथा दृश्य सामाग्री निर्माण गर्दा स्थानीय मोडलहरु पनि अनुभवी र सक्षम छन भन्ने सन्देश पठाउने मुख्य लक्ष्य रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा १५ जना युवा र १५ जना युवती मोडलहरुलाई सहभागी गराइनेछ। उनीहरूलाई आयोजक टिमले एक हप्ता नि:शुल्क प्रशिक्षण दिनेछ। प्रशिक्षणमा कोरियोग्राफी मिस नेपालगन्ज २०१७ दिपिका श्रेष्ठले गर्नेछिन। त्यस्तै, शो स्टपरको रुपमा काठमाडौंबाट चर्चित मोडल तथा अभिनेता प्रज्वल सुजल गिरी रहनेछन। भने, कार्यक्रममा गायक कमल खत्रीको पनि प्रस्तुति रहनेछ। नेपालगन्जमा पत्रकार सम्मेलन गरि आयोजक टिमले “नेपालगन्ज फेसन शो”को बारेमा औपचारिक जानकारी दिए ।
फेसन शो आगामी चैत्र २२ गते नेपालगन्जको सुनाखरी रेष्टुरेन्टमा हुनेछ।
