अहिले हामी इतिहासको कठिनतम घडिबाट गुज्रिरहेका छौं


अहिले हामी इतिहासको कठिनतम घडिबाट गुज्रिरहेका छौं । मुलुकको राजनीतिक, सामाजिक, आर्थिक स्थिति सार्है कमजोर हुँदै गैरहेको छ । शान्तिप्रीय नेपाली अशान्तिको ज्वालामा परेर छट्पटाई रहेका छ्न।बितेका वर्षहरुमा लाखौं लाख नेपालीको द्वन्दबाट हिंसा भैसकेको छ । अराजकता र आतङ्कको चपेटाले मुलुक ध्वस्त हुन आँटेको छ । देशमा भ्रष्टाचार यति मौलायो अहिले जसलाई फ्याक्न गाह्रो परिरहेको छ । सीताको माइती देश नेपाल , गौतम बुद्ध र पृथ्वीनारायण शाह,अमर सिंह र वीर बलभद्रको देश अहिले इतिहासको जटिलतम र कष्टकर मोडबाट छ्ट्पटाइरहेको छ । बितेका बर्षहरुमा यहाँका नेता बिदेशमा पानी परे स्वदेशमा छाता ओढिरहे । आफ्नो कुर्सी बचाउन बिदेशीहरुको सहयोग मागिरहे । बितेका बर्षहरुमा नेपालीको हक र हितलाई संरक्षण र सम्बर्द्धन गर्न सक्ने कुनै पार्टीको पनि सरकार हुन सकेन । पार्टीका केही मान्छेहरू निहित स्वार्थमा मात्र लागि रहे । सडकमा टवाँट्खाइ भौतारिनेहरु सांसदका नेता भए । सांसद भित्र पनि आपसी खान,पिनका कुरा मात्र भए । त्यहाँ लोग्ने मान्छेलाई आइमाई बनाइ सुत्केरी भत्ता समेत ख्वाइयो भने,यो मुलुक भिन्न संघीयताका नाममा के भो र के भएन भन्ने कुरा यसै सानो उदाहरणबाट पनि पत्तो लाग्दछ । मुलुक भिन्न बितेका वर्षहरुमा नेपाल र नेपालीको भाग्य निर्माण गर्ने सँसद जस्तो उच्च संस्था पनि कमजोर साबित भयो । त्यहाँ लोग्ने मान्छे विहाउने र आईमाई बाँझी भइन । बहुमतको खेल खेलाउने शिल(शिलामा स्वयं सरकार कुमारीको कौमार्यता लुटाउन हिच किचाएनन । मुलुकमा कामै न लाग्ने टाट कुमारहरुलाई सरकारी ढुकुटी खोली देशको अर्थ व्यवस्था जिम्मा लगाइयो । यसरी संसद मोज,मस्ती गर्ने र कमाई खाने भाँडोको रुपमा मात्र प्रयोग भयो । यसले नेपाली जनताको हक र हितमा उल्लेख पुर्ण काम गर्न सकेन ।साना(झिना मसिना कुरामा संसद अल्झिरह्यो । गुट(उपगुट्मा संसद बिभाजन भयो । आफ्ना पक्षमा सांसद ल्याउन सरकारी ढुकुटी समेत लुटाइयो । यसरी मुलुकले यस्ता अनियमितताका कति चोट खेप्नु पर्यो होला ? महगो मल,बिउ, किटनासक औषधीले गर्दा किसानहरुले दुःख झेलिरहेका छ्न । अबैज्ञानिक खेती र महङा खेतालाहरुले गर्दा किसान वर्गमा पनि नैराश्यता छायो । भुमिमा वैज्ञानिक ढंगबाट यसको निराकरणको लागि खासै चासो गरिएन । द्वैध स्वामित्वको नाममा घरबार छोडी विदेशीएका मोहिलाई जोताहा निस्सा दिलाइयो र सच्चा मोहिलाई निष्कासन गर्ने जस्ता प्रक्रिया सम्बन्धित निकायले नबुझेर नै त्यसै गर्न थाल्यो । यसरी समस्याको समाधानको उपाय नखोजी एक आपसमा लडाउने प्रक्रिया गरियो । जमिन भिन्न अनेक किसिमको बखेडा खडागरि द्वन्द्व चर्काउने पृष्ठभुमि तयार पारियो । यसरी जनता एक आपसमा लडाउने र सम्पत्ति कसरी लुट्ने भन्ने मानसिकताले नेपालीको दिमागलाई बिथोल्न थाल्यो । अनुशासन र समझदारी हराउँदै गयो । जनताको रोजगार र क्रय शक्ति हराउँदै गयो । मुलुकका युवाहरू बेरोजगार बन्न पुगे । घर खेत बेचेर विदेश जानको लागि लालायित कैयौं युवाहरुको सम्पत्ति माथी खेलवाड गरियो । जनताको सम्पत्तिमाथी खेलवाड गरि लुटेर खानेहरु मुलुकका नेताहरु बन्न पुगे । संसद कुर्सी खोसा (खोसको खेल मात्र बन्यो । कुर्सी दौडमा जो अगाडि परे पनि उसको मुलुकको समस्यालाई निहालेर हेर्न सकेन । आफ्नो पार्टी र आफन्तलाई मात्र देश भित्रका निहित जनता ठान्यो । अरुको समस्या सङ वास्ता भएन । संसदमा जसरी भए पनि बहुमत प्राप्त गरि कुर्सी हत्याउने परिपाटीले मुलुक भित्र स्वार्थ र संकिर्णता झन बढ्यो । आफुले पद प्राप्त गर्नको लागि राष्ट्रिय ढुकुटीको दुरुपयोग गर्नमा कुनै कसर बाँकि राखिएन । यिनै खोलामा भ्रष्टाचार मौलायो । मान्छेलाई लोभ र पापले ग्रसित गर्यौ । हरेक निर्माणका चिजहरुमा कमिसन मौलाउदै गयो । एउटा सुपरभाइजर देखि इन्जिनियरसम्मले निर्माणका काम कसरी मजबुत र बलियो गराउने भन्ने सोच भएन । उनिहरु कमिसन र मिलावटको चक्करमा मात्र लागिरहे । त्यस्ताको यहाँ सम्मान भैरह्यो र उनी उपर कुनै कार्वाही गरिएन । यसरी मुलुकलाई समस्यै समस्याले घेर्यो । मुलुकको राष्ट्रियता र स्वाभिमानमा यति आँच आउने काम गरियो, जसको भनेर साध्य छैन । देशभित्र गुलामवादको हैकम चल्न थाल्यो । भ्रष्टहरुलाई राष्ट्र लुट्ने प्रोत्साहन गरियो । कमिसनखोर र दलालहरुलाई संघीयताको आवरण लगाएर मुलुकको ठूलो सैद्धान्तिक नेता बनाइयो । छाडातन्त्रले प्रोत्साहन पायो । भाइ भतिजावाद मौलायो । मुलुकभित्र जोगी भोगी बने । भोगी जोगी बन्ने स्थिति श्रृजना भयो । राष्ट्र र जनता प्रती माया गर्ने मान्छे प्रतिगामी बन्यो । अराष्ट्रवादी,कमिसन खोर, फटहा, चोर, धुर्त र औसरवादी मान्छे अग्रगामी बन्न पुग्यो । राष्ट्रिय सम्पत्ति कौडिको मोलमा बेचबिखन भयो । अँध्यारोलाई उज्यालो भनियो र उज्यालोलाई अँध्यारो बनाइन खोजियो । फटहा सज्जन बन्यो र सज्जन फटहामा दर्ता भयो । कालो चरीत्र भएका मान्छे राष्ट्रवादी बन्यो भने,राष्ट्रवादी तिरस्कृत भएर अँध्यारो कोठा भित्र थन्किने अवस्थामा पुग्यो।यहाँका नेताहरुले राष्ट्रिय सम्पत्ति मात्र लुटपाट गरेनन् कि उनीहरूले बिदेशी सहयोगमा पनि भ्रष्टाचार गर्न तर्फ पनि पछाडि परेनन् । बिदेशीको अगाडि भ्रष्टाचारीको देश भनेर हामी नेपालीहरुले सिर झुकाउने अवस्था श्रृजना भएको छ ।