११ भाद्र २०८३, बिहीबार

नेपाली नक्कली नोट काम गर्नेहरु पक्राउ

एसीपी संवाददाता

३ बैशाख २०८३, बिहीबार १७:५८ मा प्रकाशित

रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा नक्कली नेपाली नोटको अबैध कारोवार भईरहेको बिशेष सूचनाको आधारमा मानिसलाई प्रहरीले पक्राउ गरेको छ ।

यस कार्यालय तथा सम्बन्धि निकाय बाट खटिएको प्रहरी टोलीले आफ्नो प्रहरी क्रममा मिति २०८२।१२।२२ गते जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ५ स्थित भैरहवा र मिति २०८२।१२।२६ गते जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं. १० स्थित भच्कैयाबाट रु. १,०००।- दरका नेपाली नक्कली नोट थान-२१ सहित निम्न प्रतिवादीहरुलाई पक्राउ गरी सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको।

निम्नः-

पक्राउ मानिसहरुः

१. जिल्ला कपिलबस्तु बाणग‌ङ्गा नगरपालिका वडा नं. २ बस्ने बर्ष ३६ को विष्णु श्रेष्ठ।

२. जिल्ला नवलपरासि (पुर्व) देवचुलि नगरपालिका वडा नं. १५ बस्ने बर्ष २८ को सुजन खनाल भन्ने मुक्ति प्रसाद खनाल ।

३. जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ बस्ने बर्ष ३५ को रोल बहादुर श्रेष्ठ।

४. जिल्ला काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा नं. ९ बस्ने बर्ष ५३ को दिपेन्द्र थापा।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x