थारुवान आन्दोलनमा लाठि प्रदर्शन गर्ने- थारुवान मोर्चा
थरुहट–थारुवान राष्ट्रिय मोर्चाद्धारा थप संघर्षका कार्यक्रम सार्वजनीक गरेको छ। सरकार आफ्ना मागहरुप्रति गम्भीर नभएको भन्दै मंगलबार बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै मोर्चाले थप संघर्षका कार्यक्रम सार्वजनीक गरेको हो।
थरुहट–थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारु फागुन १ गते देखि अनसनमा छन् भने मोर्चाले विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ।
थरुहट थारुवान राष्ट्रिय मोर्चाका प्रवक्ता मिनराज चौधरीले फागुन ७ गते धनगढीमा मसाल जुलुस प्रदर्शन गर्ने, ८ गते दिउँसो १२ बजे देशव्यापी प्रर्दशन गर्ने, ९ र १० गते बडघर, भलमन्सा, किसान, शिक्षक, व्यापारी, लगायतसँग देशव्यापी रुपमा छलफल गर्ने, ११ गते थारु कल्याणकारिणी सभा, थारु विद्यार्थी समाज, थारु संघ संस्थासँग मोर्चाबन्दीका लागि छलफल सम्बाद गर्ने, १२ गते थरुहट तराई क्षेत्रमा लाठी जुलुस गर्ने लगायतका २३ गते सम्मका विरोधका कार्यक्रम सार्वजनिक गरीएका छन् । सभार जनता तिभी



