युवाहरुको अगुवाईमा रक्तदान कार्यक्रम सम्पन्न



बैशाख ३० गते नेपालगंज । ५० औं दिन लकडाउन जारी रहँदा बाँकेमा रगतको अभाव भएका कारण नेपालगंजका बिभिन्न समाज सेवी,पत्रकार,स्वयंम्सेवी युवाहरुको अगुवाईमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।



रेडक्रस रक्त सन्चार केन्द्र भेरी अस्पताल नेपालंगंजमा भएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए ।

बाँकेमा रक्तको अभाव हुन थाले पछि रक्तदानको कार्यक्रममा आयोजना गरेका हुन । मानबिय भावना भएका युवाहरुले स्वस्फुर्त सहभागीता जनाएका थिए ।
रक्तदान कार्यक्रममा खेम बिष्ट, सुरेन्द्र चलाउने र जनक थापाको अगुवाईमा रक्तदान कार्यक्रमको आयोजना गरीएको थियो ।

सज्जन सिद्धीकी, सुनिता शाही, किरन ओली लगायतका युवाहरुले स्वयंम सेवा गरेका थिए । समिरा गौतम, आसुतोष गौतम, टेकराज थापा, बिरेन्द्र रावल, दिपेन्द कुमार जोसी, आशिष आनन्द, राहुल कौशल, अंकित कुमार सिंह, लक्ष्मी अधिकारी, सिमा कुमारी लामा तामाङ, हिक्मतकुमार रोकामगर, अस्मिता कठायत, सिसिर राज मेचे, रोशन मल्ल, राहुल थापा, रेनु गुरुङ, प्रसान्त कुमार चौबे, रमेश थापा, बिपिन अधिकारी, जनक उपाध्याय, मोहन ओली, उमङ प्रभात गिरी, दिपेश बर्मा, गौरी कुमारी शाही, रबि कौशल, शुभ क्षेत्री, जिवन शाही, सुनिता शाही, तिलकराम शाही, आशेष शाह, आधुनिक चौधरी, सागर राज आचार्य, याम गिरी, प्रमिला थारु, हिरा सिंह डांगी लगायतले रक्तदान गरेका थिए ।

कोरोना भाईरसको संक्रमणको त्रास रहेको बेलामा पनि युवाहरुको सक्रिय सहभागिता रहेको थियो । नेपालगन्ज उपमहानगर पालिका उप मेयर उपा थापा मगरले रक्तदान गर्ने सम्पूर्ण लाइ सहयोग गरेको धन्यवाद दिदै प्रमाणपत्रमा हस्ताक्षर गर्नु भयो । उपमेयर मगरले युवाहरूलाई सधै सहयोग गर्ने बताउनु भयो । गर्न युवाहरूलाई सहयोग गर्न भएको थियोे र रेडक्रस रक्त सन्चार केन्द्र प्रबिधिक अधिकृत उपेन्द्र रेग्मिले यो बिषम परीस्थितीमा रगतदाताहरुले देखाएको सक्रियताले बिरामीहरुलाई राहत भएको बताउँदै धन्यबाद दिएका थिए ।



