समाजिक कार्यका लागि सभाहाल निर्माणको शिलान्यास
बब्लु शेख नेपालगन्ज फागुन १४ गते । समाजिक कार्यका लागि सभाहाल निर्माण हुने भएको छ । बुधबार नेपालगन्ज ८ स्तिथ नेपालगन्जका मेयर धवल शमशेर रानाले शिलान्यास गरेका छन । नेपालगन्ज ८ नम्बरमा मधेसी समुदायहरु बढी बसोबास रहेको स्थाम मध्य एक हो यहाँ बिवाह भोज पार्टी इत्यादी समाजिक कार्यक्रमहरुमा निशुल्क हालको ब्यवस्ध्यथा दिन अध्यक्ष सुरेन्द्र कुमार गुप्ता सक्रिय रहदै आएका छन । यस अघि नेपालगन्ज ८ नम्बरका अध्यक्ष सुरेन्द्र गुप्ताको निकै सक्रियताका कारण कार्यलयले विभिन्न समाजिक कार्यहरुलाई बढाउने काममा सक्रिय रहदै आएको छ भने यो हालले गरिब असहायहरुको लागि राहतको कुरा हो यो सभाहालले गरिबहरुको लागि राहत हुने छ ।
अहिले कार्यालयले १० लाख रकम बिनियोजन गरेको छ भने थप केही रकम कार्यलयले लगानी गर्ने बताएको छ येस्को लागि २६ पिलर रहने उक्त हाललाई निशुल्क उपलब्ध गराउने सदस्य निखिल गुप्ताले बताएका छ्न ।



