६ कार्तिक २०८१, मंगलवार

मृत अवास्थामा भेटीयो निलगाई

एसीपी संवाददाता

१३ फाल्गुन २०७६, मंगलवार १५:५४ मा प्रकाशित

कपिलवस्तु १३,फागुन
कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं ५ पण्डीतडिहवामा मृत अवास्थामो निलगाई भेटीएको छ । सोमबार साझा पण्डितडिहवा गाँउको पुर्वतिर उखुको खेतमा मृत निलगाईको फेला परेको हो । मृत निलगाई देखेर स्थानियले प्रहरी चौकी उदयपुरलाई खबर गरेका थिए । उदयपुर प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक जगतराम चौधरीका अनुसार उक्त निलगाई कसैले मारेको जानकारी दिनु भयो । पण्डीतडिहवाका स्थानिय भन्छन केही अपरचित मान्छे आएका थिए हामीलाई देखेर भागे ।
आज उक्त मरेको निलगाईलाई कपिलवस्तु साझेदारी बन व्यस्थापन समितिको जिम्मा लागाइएको प्रहरी सहायक निरिक्षक जगतराम चौधरीले बताउनु भयो । आज दिउसो गौतम बुद्ध बन डिभिजन कार्यालय चन्द्रौटामा खडक खनि गाडेको वन अधिकृत एजाज अन्सारीले बताउनु भयो ।
गौतम बुद्ध बन डिभिजन कार्यालय शिव शंकर चौधरी, उदयपुर प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक जगतराम चौधरी, कपिलवस्तु चन्द्रौटाका स्थानिय पत्रकार, समाजसेवी बुद्धीजिविहरुको रोहबरमा मृत निलगाईलाई खडलमा गाडेको वन अधिकृत एजाज अन्सारीले जनाकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x