६ कार्तिक २०८१, मंगलवार

आफैंसँग लड्ने नभई अरुसँगै लड्नसक्ने पार्टी बनाउ – देउवा

एसीपी संवाददाता

१५ फाल्गुन २०७६, बिहीबार ०२:१८ मा प्रकाशित

एजेन्सी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफैंसँग लड्ने नभई अरुसँगै लड्नसक्ने पार्टी बनाउन सबै लाग्नुपर्ने बताएका छन् ।
नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकले आयोजना गरेको शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान कार्यक्रममा उनले पार्टीभित्र आफैँ झगडा गरेर पार्टी बलियो नहुने बताए ।
“झगडा गर्ने पार्टी नबनाऔँ”, सभापति देउवाले भने “पार्टीभित्र आफू आफैँमा झगडा गरेपछि चुनावमा जनताले भोट हालेन भनेर कसरी भन्ने ?” उनले अन्तिम सत्य जनता भएकाले पार्टी जनतामाझ जानुपर्ने बताए ।
कम्युनिष्टको दुई तिहाइ सरकार छ भनेर कार्यकर्ता निराश हुनुपर्ने अवस्था नरहेको देउवाको भनाइ थियो ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पछिल्लो समयमा चीनका नेताको विचार पढेर त्यसलाई लागू गर्न खोजेको आरोप लगाए ।
कांग्रेसले प्रतिपक्षमै रही नीतिगत पक्षमा अडान लिनसक्नुपर्नेमा पार्टी नेतृत्वले ध्यान दिनुपर्ने उनको भनाइ थियो । “नेतृत्वले नयाँ विचार, नयाँ दृष्टिकोण, नयाँ शैली, आचरण, व्यवहार र नयाँ संस्कार दिन सक्नुपर्छ”, नेता सिटौलाले भने ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x