१४ मंसिर २०८०, बिहीबार

पूर्वडीआईजी खरेलले नयाँ पार्टी बनाउने पक्का

एसीपी संवाददाता

१५ फाल्गुन २०७६, बिहीबार ०३:३१ मा प्रकाशित

फागुन १५ । भ्ष्टाचारका विरुद्ध लामो समय देखि आवाज उठाउँदै आउँनु भएका नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले अब नयाँ दल खोल्‍ने पक्का भएको छ । पार्टी स्थापनाको उद्देश्यले उहाँले ‘हाम्रो नेपाल हामी नेपाली’ अभियान आफ्नै संयोजकत्वमा स्थापना गर्नुभएको छ ।

अभियानको औपचारिक घोषणा भने बिहीबार एक कार्यक्रमबीच हुने उहाँले जानकारी दिनुभयो । खरेलले भ्रष्टाचारविरोधी अभियान, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर अभियानलाई सक्रिय बनाइने बताउनु भएको छ । सुरुमा ६ महिनासम्म संगठनलाई अभियानको रुपमा जनतामाझ लैजाने र त्यसपछि प्राप्त सल्लाह, सुझावअनुसार राजनीतिक दलका रुपमा अघि बढाउने योजना रहेको उहाँले स्पष्ट पार्नुभयो । २०७४ माघ २८ गते प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई बढुवा गरिएपछि खरेलले पदबाट राजीनामा दिनु भएको थियो । खरेल संयोजक रहेको अभियानमा रक्षा मन्त्रालयका पूर्वकायममुकायम सचिव देवेन्द्र सिटौला, आफूलाई भ्रष्टाचारविरोधी अभियन्‍ता बताउने ज्ञानेन्द्र शाही लगायत पनि आबद्ध छन् ।
अभिव्यक्ति र कार्यशैलीका कारण विवादित शाही नेपालका लागि नेपाली अभियानबाट हटाइएका व्यक्ति हुन् । पूर्वप्रशासक, पूर्वसुरक्षाकर्मी, पूर्वप्राध्यापकलगायतलाई पनि संगठनमा ल्याउनेबारे छलफल भइरहेको बताइएको छ ।सभार जनबोलि.कमबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x