१७ मंसिर २०८०, आईतवार

मलगायत प्रधानमन्त्री बनेका सबैको सम्पत्ति छानबिन गरौं: बाबुराम भट्टराई

एसीपी संवाददाता

१४ फाल्गुन २०७६, बुधबार १२:०६ मा प्रकाशित

एजेन्सी फागुन १४ गते
समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूलगायत नेताको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले गाउँमा बुकुरो घर भएका नेताहरूको काठमाडौंमा कसरी महल ठडियो भन्नेबारे सम्पत्ति छानबिन गर्न माग गरेका हुन्।
‘मलगायत सबैको सम्पत्ति छानबिन गरौं,’ भट्टराईले भने, ‘हिजो हामी त साथीहरूले दिएको जड्यौरी लुगा, चप्पल लगाएर हिड्थ्यौं। अहिले हामी कसरी सुटेटबुटेट भएका छौं। कसरी चिल्ला कार चढेर हिडेका छौं।’
प्रधानमन्त्री केपी शर्मा ओलीको तेह्रथुमस्थित घर जन्मदिनको दिन देखिएको उल्लेख गर्दै भट्टराईले प्रधानमन्त्रीको भन्दा गोरखामा आफ्नो घर राम्रो रहेकोसमेत बताए।
‘कसरी हाम्रा महल छन्? प्रधानमन्त्रीको अस्ति तेह्रथुमको बुकुरो हेर्दा त्योभन्दा राम्रो घर गोरखामा मेरो छ,’ उनले भने, ‘गाउँमा बुकुरो भएका हामी प्रधानमन्त्रीहरू काठमाडौंमा महल बनाउने कसरी पुग्यौं?’
उनले आफू गणितमा चासो राख्ने र अर्थमन्त्रीसमेत भइसकेको व्यक्ति भएकोले जसरी हिसाब गर्दा पनि बाहिर देखिने सम्पत्तिले मात्रै नेताले काठमाडौंमा महल ठड्याउन नसक्ने बताए।
‘म गणितमा चासो राख्ने र अर्थमन्त्री पनि भइटोपलेको मान्छे हुँ। लाखप्रयत्न गर्दा पनि हाम्रो दृश्य कमाइले काठमाडौंमा महल बनाउने हैसियत पुग्दैन। यसको छानबिन गरौं।’
भट्टराईले ओली सरकारको दुई वर्ष भुइँ मान्छेका लागि कौवालाई बेल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x