प्र.म. ओलीले आफुलाई चौतर्फि घेराबन्दी गरेको बताए

फागुन १५, प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय निर्णयअनुसार उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनयन गर्न सिफारिस नगर्ने भएपछि सत्तारुढ नेकपामा विवाद उत्कर्षमा पुगेको छ । बुधबार बिहान बसेको सत्तारुढ नेकपा सचिवालयको बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई चौतर्फि घेराबन्दी गरेको भन्दै सबै कुराको सामना गर्न तयार रहेको अभिव्यक्ति दिईसकेका छन् । पछि विवाद सतहमा देखिएको हो ।
पार्टीको निर्णय नमाने पार्टी छोड्न ओलीलाई चेतावनी
प्रधानमन्त्री ओलीले सचिवालयको निर्णय नमानेमा उनलाई पार्टीले तयारी बहुमत सदस्यहरुले कारबाही गर्ने तयारी गरेको सत्तारुढ नेकपाको पार्टी स्रोतले बताएको छ । सत्तारुढ नेकपाको मुख्य नेतृत्वले सुझबुझ देखाउन सकेन भने पार्टीमा दुर्घटना हुनसक्ने नेकपाका एक नेताले बताए । हिजोमात्रै प्रधानमन्त्री ओलीले आफसु विरुद्ध अर्का अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले विभिन्न शक्तिकेन्द्र र व्यापारिक घरानाको प्रयोग गरेको दाबी गरेका थिए । त्यस्तै अर्का बरिष्ठ नेता झलनाथ खनाले पनि ओलीलाई पार्टी निर्णय नमान्ने भए पार्टी छोड्न चेतावनी दिइसकेका छन् २०५९ सालमा तत्कालिन सत्तारुढ नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री शेरवहादुर देउवासहित केही मन्त्रीलाई पार्टीबाट निश्कासन गरेका थिए र देउवाले संसद बिघटन गरेर पार्टी फुटाएका थिए । सत्तारुढ कांग्रेसमा आएको फुटको फाइदा उठाउँदै तत्कालीन राजाले शासन सत्ता हातमा लिएका थिए । सत्तारुढ नेकपामा पनि त्यस्तै अवस्था सिर्जना भएको छ । ४० प्रतिशत सांसदलाई साथमा लिएर पार्टी विभाजनको तयारी !
प्रधानमन्त्री ओलीले आफु बिरुद्ध घेराबन्दी भएकाले त्यसको सामना गर्ने चेतावनी दिईसकेका छन् । प्रधानमन्त्री ओलीले उपाध्यक्ष बामदेव गौतमलाई कुनै पनि हालतमा राष्ट्रिय सभामा मनोनयन नगर्ने पक्षमा रहेका छन् । उनले अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने तर आफु बिरुद्ध पार्टीले अविश्वासको प्रस्ताव लगे कम्तिमा ४० प्रतिशत सांसदहरु लगेर पार्टी फुटाउने ओलीको तयारी रहेको नेकपा स्रोतको दाबी छ । पार्टी भित्र अहिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली स्पष्ट अल्पमतमा रहेका छन् । सचिवालयका बहुमत सदस्यको भैंसेपाटी र खुमलटारका बैठकबाट बिच्किएका ओलीले पार्टी फुटाउन सक्ने संभवना प्रबल रहेको बताईन्छ । विष्णु पौडेल र विष्णु रिमाले छाडे ओलीको साथ !
त्यस्तै पूर्व एमालमा ओलीलाई पार्टी अध्यक्ष बनाउन महत्वुर्ण भूमिका खेलेका पार्टी महासचिव विष्णु पौडेल र उनका राजननीतिक सल्लाहकार विष्णु रिमालले पनि प्रधानमन्त्रीको कार्यर्शलीसँग रुष्ट हुँदै साथ छोडेको सत्तारुढ नेकपा स्रोतको दाबी छ । ओलीले पार्टी निर्णयभन्दा पनि स्वेच्छादारीले निर्णय गर्ने गरेको भन्दै पार्टी भित्र लामो समयदेखि चर्को विवाद रहेको थियो तर तत्कालीन एमाले र माओवादी केन्द्रको बीचमापार्टी एकतापछि प्रधानमन्त्री ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मा दिए त्यसपछि पार्टीमा संस्थागत निर्ण हुन थालेपछि हुन थालेपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली आफु विरुद्ध षड्यन्त्र भएको भन्दै रुष्ट बन्दै गएका थिए । अहिले ओलीलाई पार्टीमा ४० प्रतिशत सांसद पुर्याउन पनि धौ धौ परेको नेकपा स्रोतको दाबी छ ।
भैसेपाटी र खुमलटार गठबन्धनले असन्तुष्ट ओली
पार्टीभित्र आफू अल्पमतमा रहेकाले बहुमत पक्षधरसँग सम्झौता गरेर अघि बढ्ने अझै पनि ओलीसँग विकल्प रहेको भएपनि ओली त्यो विकल्पमा तयार देखिएका छैनन् । सत्तारुढ नेकपाभित्रको विवाद स्पष्ट रुपमा फुटको नजिक पुगेको कतिपय जानकारहरु बताउँछन् । ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका थिए तर उनको एक महिनाको प्रयास विफल रहेको थियो । ओलीको चाहनालाई भैंसेपाटी बैठकले उल्टाई दिएको थियो । त्यस्तै एमसीसी अध्ययन कार्यदल बनाउने ओलीको इच्छा थिएन । तर सचिवालयको बहुमतले कार्यदल बनायो र कार्यदलले ओलीको चाहना विपरितको सुझाव दियो । त्यस्तै पछिल्लो संविधान संशोधन कार्यदल बनाउने पनि ओलीको चाहना विपरित निर्णय रहेको थियो ।
ओली व्याक हटे विभाजन टर्ने संभावना
त्यस्तै तर बामदेवलाई राष्ट्रपतिले मनोनित गर्ने सिटमा राष्ट्रिय सभा सदस्य बनाउने निर्णय भएपछि ओली रुष्ट बनेका छन् । पार्टी एकताको दुइ बर्ष नहुँदै सत्तारुढ नेकपाभित्र पार्टी विभाजनको संघारमा पुगेको र यसले देशको राजनीतिमा दीर्घकालीन असर पार्ने जानकारहरु बताउँछन् । अझै पनि ओलीले सचिवालयको निर्णय कार्यान्वयन गरे तत्कालकालागि पार्टी भिाजनको खतरा टर्ने संभावना रहेको छ । तर अहिलेसम्मको ओलीको अडानले पार्टी फुट्ने स्पष्ट रुपमा देखिएको छ ।
