नेपालगन्जमा भाटभटीनी सुपरमार्केटसँग आफ्नो लडाइँ नभएको -महासचिव चिरञ्जीवी ओली

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले हालसालै नेपालगन्जमा स्थापित व्यापारीक कम्प्लेक्स भाटभटीनी सुपरमार्केटसँग आफ्नो लडाइँ नभएको बताएका छन ।
नेपाल इलेक्ट्रोनिक्स एशोसियशन बाँकेको छैटौं स्थापना दिवसको अवसरमा आयोजित सम्मान तथा सहयोग हस्तान्तरण कार्यक्रममा ओलीले यस्तो बताएका हुन ।
‘ठुला ठुला व्यापारीक मलहरु/प्रतिष्ठानहरु नेपालगन्जमा आउँदा हामी खुशी हुनुपर्छ, उनिहरुका कारण बाहिर बाहिरका ग्राहकहरु यहाँ आउँछन जस्को फाइदा निश्चित रुपमा नेपालगन्जले पाँउछ’ उनले भने ।
भाटभटेनी नेपालगन्ज आउँदा कोही कोही व्यापारी साथिहरु त्रसित र सशंकित भएको भन्दै उनले भाटभटेनी ठूलो व्यापारीक प्रतिष्ठान भएकोले इलेक्ट्रोनिक्स सामानमा उस्ले कम्पनीबाट बढी प्रतिशत छुट पाँउछ र ग्राहाकलाइ धेरै नै प्रतिशत सम्म छुट दिन्छ तर आफुले कम्पनीबाट कम प्रतिशत मात्र छुट पाउने हुदा ग्राहकलाई पनि कमै प्रतिशत छुट दिन सकिन्छ त्यसैले त्रसित र सशंकित नभई बरु आफुहरु भाटभटेनीसङ्ग होइन एकजुट भएर कम्पनीसङ्ग लड्नुपर्ने बताए ।
एशोसियशनले नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको थियो । सम्मान कार्यक्रममा अध्यक्ष अव्दुल वाहिद मन्सुरी, उपाध्यक्ष अमित बस्नेत, महासचिव चिरञ्जीवी वली, कोषाध्यक्ष हरीलाल न्यौपाने, प्रवक्ता टंक धामी लगाएत सदस्यहरुको उपस्थिति रहेको थियो । पदाधिकारी तथा सदस्य सबैलाई एशोसियशनका उपाध्यक्ष प्रमोद गुप्ताले सम्मानित गरेका थिए ।
एशोसियशनले आफ्नो स्थापना दिवसको अवसर पारेर नेपालगन्जको एक अनाथालयलाई सहयोग सामग्री समेत हस्तान्तरण गरेको छ । कार्यक्रममा नेपालगन्जमा संचालित समाज विकास तथा प्रवर्द्धन केन्द्रलाई प्रमुख अतिथि नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले एक क्विन्टल चामल, दाल, स्टेसनरी सामन लगायतका सहयोग सामग्री हस्तान्तरण गरेका थिए । केन्द्रका तर्फबाट मीन बहादुर अर्यालले उक्त सामग्रीहरु बुझेका थिए । सभार -काचुली खबर