कांग्रेसमा उर्जावान नयाँ नेतृत्व आउने डा.शेखरको दावी
फागुन १५ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले आगामी महाधिवेशनबाट नेपाली कांग्रेसमा उर्जावान नयाँ नेतृत्व आउने दावी गर्नुभएको छ । उहाँले आउने नयाँ नेतृत्वले कांग्रेस पार्टीलाई एक बनाएर लाने आउने तिनै तहको निर्वाचन कांग्रेस बहुमत पनि ल्याउने जिकिर गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा कुरागर्दै कांग्रेस केन्द्रीय सदस्य कोइरालाले सरकार उल्टो बाटोमा लागेकाले जनता आजित भइसकेको बताउनुभयो । उहाँले सरकार रसत्तारुढ दलका कारण देशको राजनीति उल्टो गतिमा गइरहेको बताउदै एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न खोज्नु गलत कार्यमात्र नभएर यो देशकै लागि प्रतिउत्पादक हुने बताउनुभयो ।
कोइरालाले आफुले संविधान बनाउदाकै समयमा भोली राष्ट्रिय सभामा पुगेको व्यक्ति देशका लागि आवस्यक ठहरिएमा प्रधानमन्त्री बनाउनुपर्ने अवस्था पनि आउन सक्ने विषयमा सचेत गराएको तर, अहिलेको अवस्थामा संविधान बनेर कार्यन्वयनमा गइसकेको र संविधानभित्र त्यो सम्भावना नरहेकाले यसका लागि संविधान संशोधन गर्न नसकिने बताउनुभयो ।सभार पाथीभरा पोस्ट
कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइराला