११ जेष्ठ २०८१, शुक्रबार

झापामा ९ सुनसरीका २ जनामा कोरोना संक्रमण, नेपालमा ३८७ जनाको पुष्टि

एसीपी संवाददाता

६ जेष्ठ २०७७, मंगलवार ०६:३६ मा प्रकाशित

प्रदेश नम्बर १ मा मंगलबार एघारा जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमित पुष्टि भएको । झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार पुष्टि भएका कोरोना संक्रमित गरी नेपालमा ३८७ जनाको पुष्टि भएको र २ जनाको मृत्यू भएको छ भने ३६ निको भएका हुन । संक्रमितहरुको कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो । उनीहरु झापाको केचनकवल गाउँपालिकाका हुन् । एक युवकमा सोमबार कोरोना पुष्टि भएको थियो । संक्रमण भएका युवकको टोलका ३३ जनाको कोशी अस्पतालमा परीक्षण गर्दा थप ९ जनामा पोजेटिभ देखिएको हो । मन्त्रालयका अनुसार आज कोरोना पुष्टि भएका ११ मध्ये ९ जना झापाको केचना कवलका छन् । सोमबार झापाको केचनाकै एक व्यक्तिमा कोरोना पुष्टि भएको थियो । ती व्यक्तिकै सम्पर्कमा रहेका थप ९ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित३८७
निको३६
मृत्यु२

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x