३१ जेष्ठ २०८१, बिहीबार

पश्चिम नवलपरासीको सुनवल नगरपालिका बडेरामा तेस्रो मेयरकप फुटबल प्रतियोगिता हुदै

एसीपी संवाददाता

१५ फाल्गुन २०७६, बिहीबार १५:३० मा प्रकाशित

उर्मिला यादव सुनवल फागुन १५ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ बडेरामा भोलि देखि तेस्रो मेयरकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । तेस्रो मेयरकप फुटबल प्रतियोगिता २०७६ का संयोजक तथा वडा नम्बर १२ का वडाध्यक्ष यम लाल पाण्डेको अध्यक्षतामा आज भएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो । यहि फगुन १६ गते शुक्रबार भोलि देखि सहिद स्मृति रंगशाला सुनवल १३ बडेरामा सुरु हुने मेयरकप फुटबल प्रतियोगिता फागुन २६ गते सम्म संचालन हुने जनाइएको छ ।
कार्यक्रममा वडा नम्बर १२ का वडाध्यक्ष यमलाल पाण्डे , जिल्ला फुटवल संघ पश्चिम नवलपरासीका उपाध्यक्ष ज्ञानु गुरुंग , राइजिंग स्टार सामुदायिक बिकास प्रतिष्ठान सुनवल १२ भुमहीका बरिष्ठ उपाध्यक्ष बलराम चापागाइ , वडा नम्बर १३ का वडाध्यक्ष तथा नगर प्रवत्ता कृष्ण प्रसाद देवकोटा लगायतले प्रतियोगिताको बारेमा जानकारी गराउनु भएको थियो ।
पत्रकार सम्मेलनमा तेस्रो मेयरकप फुटबल प्रतियोगिताका सदस्य तथा वडा नम्बर ११ का वडाध्यक्ष देवीलाल डुम्रे , वडा नम्बर ४ का वडाध्यक्ष बिरबहादुर गुरुंग , वडा नम्बर तीनका वडाध्यक्ष कर्णबहादुर सेन , वडा नम्बर १३ का वडाध्यक्ष तथा नगर प्रवत्ता कृष्ण प्रसाद देवकोटा , पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरी शर्मा , लगायतको सहभागिता रहेको थियो ।
सुनवल नगरपालिकाको आयोजना तथा राइजिंग स्टार सामुदायिक बिकास प्रतिष्ठान सुनवल १२ भुमहीको सहयोगमा हुन लागेको तेस्रो मेयरकप फुटबल प्रतियोगितामा करीब १२ लाख खर्च हुने अनुमान गरीएको छ भने प्रतियोगितामा प्रथम हुने समुहलाइ एक लाख, दोस्रो हुने समुहलाइ ६० हजार , र तृतीय स्थान हासिल गर्ने समुहलाइ १५ हजार प्रदान गरीने आयोजकले जनाएको छ । प्रतियोगिता भोलि दिउसो एक बजे उदघाटन गरीने जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x