भात र नून खुर्सानीको अचारबाटै जीवन धान्दै मंगता समुदाय

शिवराज साहु,बांके । कोरोना भाईरस (कोभिड—१९) ले गर्दा रहेको लकडाउनको बेलामा डुडुवा गाउंपालिका वडा नम्बर ६ मा बसोबास गरिरहेका मंगता समुदायले कष्टका साथ आफ्नो जीवन गुजारा चलाईरहेका छन् ।
ज्याला मजदूरी, रिक्सा चलाएर तथा घर घरमा गएर भिक्षा मा“गेर आफ्नो जीवन गुजारा गर्दै आइरहेका मंगता समुदाय अहिले लकडाउनको बेलामा भोक भोकै तथा एक छाक मात्रै खाएर जीवन धाई रहेका छन् ।डुडुवा गाउंपालिका वडा नम्बर ६ बाट कुनै राहत नपाएकोले राहतलाई कुर्दै जीवन जाने हो कि भन्छिन् मंगता समुदायकी एक मनीषा महाउत । कोरोनाले मृत्यु त हुंदैन, तर राहत कुर्दा कुर्दै भोकले अवश्य पनि मृत्यु हुने सम्भावना देखिरहेको छु—भन्छिन् मनीषा महाउत ।दैनिक ज्याला मजदूरी र रिक्सा चलाएर जीवन धानीरहेका मंगता समुदाय अहिले ज्याला मजदूरीको काम नपाएको लकडाउनले गर्दा रिक्सा पनि चलाउन नपाएकोले स्थानीय मंगता समुदायका शोभाराम महाउत भन्छन् ।
महाउतले स्थानीय सरकारसंग विकास निर्माणको कार्य चालु गरेर भएपनि हामीलाई रोजगारीको व्यवस्था गर्न मांग गरेका छन् । राहत नदिएपनि हामीलाई रोजगारीको व्यवस्था मिलाउनु पर्ने उहा“ले मांग राखेका छन् ।डुडुवा गाउंपालिकाका अध्यक्षले राजनीतिक प्रतिशोधको भावना तथा राजनीतिक द्वन्द्वले गर्दा हामीलाई वडास्तरमा कुनै पनि कार्य गर्न जिम्मेवारी नदिएकोले तथा राहत पालिकाले आफै बांड्ने भनेर हामीलाई वडामा राहत वितरण गर्न नदिएको कुरा बताउनुहुन्छ, डुडुवा गाउ“पालिका वडा नम्बर ६ का वडा अध्यक्ष मोहनराम मिश्र । हामीले व्यक्तिगत तवरमा केही स्थानीय समुदायलाई राहत वितरण गरेका छौं, तर वडाबाट राहत वितरण गर्न नपाएको कुरा बताउनु भयो ।
डुडुवा गाउ“पालिका वडा नम्बर ६ को मंगता समुदायलाई राहत सामग्री वितरण गर्ने एक संस्थाका पदाधिकारीले भने,—हामीले एक पटक मात्र राहत वितरण गर्न पाएका छौं, त्यो पनि गाउ“पालिकाले हामीस“ग लिएर बा“डेको छ । अर्को पटक फेरी राहत वितरण गर्ने सोच नै आएन किनकि डुडुवा गाउ“पालिकाका अध्यक्षले एकद्वार प्रणालीको नाममा अनावश्यक झन्झट खडा गरेर राहत वितरण गर्नमा समस्या उत्पन्न गर्ने भएकोले चाहेर पनि हामी सिमान्तकृत मंगता समुदायमा राहत वितरण गर्न पाएका छैनौं ।एकद्वारा प्रणालीको नाममा विपन्न परिवारलाई राहत वितरण गर्न कठिनाई उत्पन्न गर्न कदापी पनि उचित नभएकोले यसतर्फ सम्बन्धित निकायले पहल गरी विपन्न परिवारलाई विपतको बेलामा केही राहत दिएर भएपनि जीवन जीउने वातावरण मिलाउनु पर्ने देखिन्छ ।



