१४ मंसिर २०८०, बिहीबार

सिन्धुलीमा दुर्घटनामा परि १८ जनाको मृत्यु

एसीपी संवाददाता

१८ फाल्गुन २०७६, आईतवार ०३:५५ मा प्रकाशित

१८ फाल्गुन, सिन्धुली । विपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउपालिका–७ पलाँसेमा गत सोमबार पैदल यात्रीलाई मिनी ट्रकले ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भयो। स १ ख ५४२ नम्बरको मिनि ट्रकको ठक्करबाट पलाँसेका ५५ वर्षीय नन्दलाल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।
श्रेष्ठलाई ठक्कर दिएर फरार ट्रकलाई प्रहरीले सोमबार नै उदयपुरको त्रियुगा नगरपालिकाबाट नियन्त्रण लियो। यस्ता साना ठूला दुर्घटना विपी राजमार्गमा दैनिकजसो भइरहेका छन्। विपी राजमार्गमा हुने यस्ता दुर्घटनाले सिन्धुली जिल्लामै सवारी दुर्घटनाको दर बढ्दो छ।
दुर्घटनाबाट ज्यान गुमाउने, घाइते तथा अंगभंग हुनेको संख्या पनि धेरै छ। सिन्धुलीमा चालु आर्थिक वर्षको सात महिनामा भएका २६ दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। ३८ जना गम्भीर घाइते भएका छन् भने ३२ जना सामान्य घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको तथ्यांकअनुसार मृत्यु हुनेमध्ये १६ जना पुरुष र दुईजना महिला छन्। यस्तै, २८ जना पुरुष, ६ जना महिला, तीन बालिका र एक बालक गरी ३८ जना गम्भीर घाइते भएका छन्। सामान्य घाइते हुनेमा १९ जना पुरुष, ६ जना महिला, चारजना बालक र दुई बालिका रहेका कार्यालयका प्रमुख कृष्णबहादुर क्षेत्रीले जानकारी दिए।
दुर्घटनामा मृत्यु हुने, गम्भीर घाइते र सामान्य घाइतेको संख्या सबैभन्दा बढी पुरुषको रहेको छ। सात महिनाको अवधिमा सिन्धुलीमा सबैभन्दा कम दुर्घटना साउन र पुुमा १÷१, भदौ र कात्तिकमा ३÷३, मंसिरमा ४, माघमा ५ र सबैभन्दा बढी असोजमा नौवटा भएको छ। सवारी चालकले सडक तथा ट्राफिक नियमको पालना नगर्दा पनि दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको अध्ययनले देखाएको छ। सवारी चालक अनुमतिपत्र नभएकाले सवारी चलाउने, सवारीको यान्त्रिक अवस्था चेकजाँच नगरी सवारी चलाउने तथा सडक नियमको पालना नगर्ने गरेको पाइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x