६ कार्तिक २०८१, मंगलवार

छप्पन भोग महोत्सवको वार्षिक कार्यक्रम

एसीपी संवाददाता

१७ फाल्गुन २०७६, शनिबार १८:१० मा प्रकाशित

नन्दलाल साहू/नेपालगन्ज
श्री श्याम नाम अमृत वर्षाको छ्प्पन भोग महोत्सवको वार्षिक कार्यक्रमको आज देखि नेपालगन्जमा शुरूवात भएको छ।शनिबार कलशयात्रा सहित साधु सन्त,भक्तजनको टोलिले नगर परिक्रमा गरेको छ।

यसपालिको महोत्सवको कार्यक्रम पन्द्रौ श्री श्याम वार्षिक महोत्सवको कार्यक्रममा सय बढीको भक्तजनको सहभागिता रहेको थियो।यसैगरी शनिबार दिउँसो एक बजे भण्डारा,रात्रि सात बजे लखनउका आमन्त्रित भजन मण्डली एवं गायकहरु द्वारा झाकीको विशेष कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको श्री श्याम सावरिया संघ नेपालगन्जले जनाएको छ।

सावरिया संघको अनुसार आइतवार साझ पाँच बजे देखि श्री
राधाकृष्ण भजन संध्याको कार्यक्रमको प्रस्तुति हुनेछ भने सोमबार भजन संध्या एवं होलीको कार्यक्रम दिउँसो तीन बजे हुने जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x