१२ मंसिर २०८०, मंगलवार

मेयरकप फुटबल प्रतियोगितामा वडा नम्बर ३ बिजयी

एसीपी संवाददाता

१९ फाल्गुन २०७६, सोमबार १३:१५ मा प्रकाशित

फागुन १९
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ बडेरामा जारि तेस्रो मेयरकप फुटबल प्रतियोगितामा आज भएको खेलमा वडा नम्बर ३ बिजयी भएको छ । सुनवल नगरपालिका वडा नम्बर ३ र वडा नम्बर १२ बिच भएको खेलमा वडा नम्बर ३ बिजयी भएको हो ।
सहिद स्मृति रंगशाला सुनवल १३ बडेरामा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज वडा नम्बर ३ र १२ बिच भएको खेलमा १/१ गोलको बराबरि रहि पेनाल्टी सुट आउटमा वडा नम्बर ३ बिजयी भएको हो । एस्तै गरि भोलि वडा नम्बर ८ र ११ बिच दिउँसो २ बजे खेल हुने आयोजकले जनाएको छ।

सुनवल नगरपालिकाको तेस्रो नगर स्थापना दिवसको अवसरमा भैरहेको तेस्रो मेयरकप फुटबल प्रतियोगितामा नगर भित्रका खेलाडीको पहिचान गर्ने उदेश्य रहेको छ भने सहिद स्मृति रंगशाला सुनवल १३ बडेरामा जारी मेयरकप फुटबल प्रतियोगिता फागुन २६ गते सम्म संचालन हुनेछ ।
सुनवल नगरपालिकाको आयोजना तथा राइजिंग स्टार सामुदायिक बिकास प्रतिष्ठान सुनवल १२ भुमहीको सहयोगमा भैरहको तेस्रो मेयरकप फुट बल प्रतियोगितामा प्रथम हुने समुहलाइ एक लाख, दोस्रो हुने समुहलाइ ६० हजार , र तृतीय स्थान हासिल गर्ने समुहलाइ क्रमश १५÷ १५ हजार प्रदान गरीने खेल समितिका सदस्य सचिव दिपक तिवारीले जानकारी दिनु भएको छ । प्रतियोगितामा सुनवल नगरपालिकाका १३ वटै वडाबाट एक एक फुटवल टिम गरि जम्मा १३ वटा टिमको सहभागिता रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x