यूनेस्को बाँके द्धारा कोरोना रोक थाम तथा नियन्त्रणका लागि स्वास्थ्य समाग्री हस्तान्तरण

यूनेस्को बाँके क्लबले कोरोना रोक थाम तथा नियन्त्रण का लागि स्वास्थ्य समाग्री उपलब्ध गराएको छ ।
प्लान इन्टरनेशनल नेपाल बाँकेको सहयोगमा यूनेस्को बाँके क्लबले नेपालगंज उपमहानगरपालिका महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज र नरैनापुर गाउँपालिकामा रहेको क्वारेन्टाईनलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य समागी्र मंगलवार उपलब्ध गराईएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनु भयो ।

नेपालगंज उपमहानगरका लागि झुल ३०० थान , बेड कभर सीट ३०० थान , पी फाम ३०० थान , हाइजेनिक किट ३०० थान ,मास्क ३०० थान, स्यानेटरी प्याड १५० थान ,म्यूजिक सिस्टम २ थान र नरैनापुर स्थित क्वारेन्टाईनका लागि झुल ५०० थान , बेड कभर सीट ५०० थान , पी फाम ५०० थान , हाइजेनिक किट ५०० थान ,मास्क ५०० थान, स्यानेटरी पेड २५० थान ,म्यूजिक सिस्टम ८ थान , सोही प्रकारले नरैनापुरका ८ वटा क्वारेन्टाइनलाई पुग्ने गरि पाँच पाँचसय थान झुल, पी फोम, बेड कभर, हाइजिन किट गरेर ९ लाख ४९ हजार रुपैयाको सामाग्री प्रदान गरिएको उहाँले बताउनु भयो ।

ती सामाग्रीहरुलाई मंगलवार जिल्ला प्रशासन कार्यालय बाँकेमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुमवांगलाई प्लान ईन्टरनेसनल एरिया कार्यालय नेपालगन्जका प्रमुख मिना पराजुलीले हस्तान्तरण गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारीले सो सामाग्रीलाई नेपालगन्ज उपमहानगरका मेयर धवल शमसेर राणा र नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहलाई हस्तान्तरण गर्नुभयो ।



