१५ जेष्ठ २०८१, मंगलवार

उच्च अदालत द्वारा अन्तिरम आदेश जारी ।

एसीपी संवाददाता

८ जेष्ठ २०७७, बिहीबार १३:०९ मा प्रकाशित

जेष्ठ ८, बाँके। उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाशबाट नागरिकको जीवन रक्षाका लागि कोभिड–१९ सम्बन्धी क्वारेन्टाईन सञ्चालन तथा ब्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ ले निर्दिष्ट गरेको न्युनतम पुर्वाधारको ब्यवस्था तत्काल लागू गरी क्वारेन्टाईन सञ्चालन गर्नु गराउनु भनि सरोकारवाला निकायहरुको नाऊँमा अन्तरिम आदेश जारी भएको छ ।

बाँके जिल्ला नरैनापुर गाऊँपालिकामा रहेको १३ वटा क्वारेन्टाईनमा ७४४ जना नागरिकलाई राखिएको र क्वारेन्टाईन सञ्चालन सम्बन्धि मापदण्ड २०७६ बमोजिम उक्त क्वारेन्टाईनहरुमा सेवा सुबिधा उपलब्ध नगराईएको, अनुगमन गर्ने निकायले अनुगमन नगरेको, समयमा स्वास्थ्यकर्मी उपस्थित हुने नगरेको, एम्बुलेन्सको अभाव भएको, सरसफाई, खानपिन र बस्ने ब्यवस्था समेत मापदण्ड अनुरुप नभएको, ५ नं।प्रदेश सरकारले हाल सम्म एउटा पनि क्वारेन्टाईन सञ्चालन नगरेको, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मीको खाने बस्ने ब्यवस्था नभएको, स्वास्थ्य, सुरक्षा र सफाईकर्मी हरू लाई मापदण्ड अनुरुपको पोशाक उपलब्ध नगराईएको, शौचालय लगायतको ब्यवस्था नभएको कारणले नरैनापुर गा।पा।अन्तर्गत रहेको दिपेन्द्र प्रा।बि।भगवानपुर क्वारेन्टाईनमा राखिएका मध्ये एक जना ब्यक्तिको समयमा स्वास्थ्यकर्मी उपस्थित नभएको र स्वास्थ्य उपचार नपाएको कारणले अकाल मै निर्मम तरीका ले निधन भएको र अवस्था यस्तै रहेमा झन भयावह स्थिती उत्पन्न हुनसक्ने संभावना रहेको भन्दै अधिवक्ताहरु राम कुमार दीक्षित र विजयकुमार शर्माले २०७७ जेष्ठ ७ गते उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाशमा रिट दर्ता गर्नु भएको ।

निबेदन माँग अनुसार सरोकारवाला निकायहरुले निर्वाह गर्नु पर्ने दायित्व निर्वाह नगरेको कारणले भयावह स्थिती उत्पन्न हु्नसक्ने संभावना भएको हुनाले क्वारेन्टाईन सञ्चालन मापदण्ड अनुरुप खाने, बस्ने, शौचालय, सरसफाई, सुरक्षा, स्वास्थ्य, एम्बुलेन्स स्वास्थ्यकर्मी लगायत क्वारेन्टाईनलाई आवश्यक पर्ने अन्य भौतिक सामग्रीको ब्यवस्था गरी क्वारेन्टाईनमा राखिएका ब्यक्तिहरु र सुरक्षाको लागि खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी समेतको बाँच्न पाउने अधिकार लगायत संबिधान एवं प्रचलित नेपाल कानून द्वारा प्रदत्त हक अधिकार सुरक्षित गर्नु र क्वारेन्टाईन मा राखिने को संख्या दिन प्रतिदिन थप हुंदै जाने भएको हुंदा र प्रदेश सरकार ले हाल सम्म नागरिक हरूको सुरक्षा एवं स्वास्थ्य प्रति आफ्नो दायित्व पूरा नगरी मौन रहेको हुना ले प्रदेश स्तरिय क्वारेन्टाईन आवश्यक संख्यामा सञ्चालनमा ल्याउनु ५ नं। प्रदेश सरकार मुख्यमंत्री तथा मंत्री परिषद को कार्यालय को नाम मा समेत परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउनका लागि रिट निबेदन दर्ता भएको हो ।

उक्त रिट निबेदनमा आज उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाशका न्यायाधीश विमल सुबेदीको इजलाशमा सुनुवाई हुँदा मापदण्ड अनुसारको न्यूनतम पुर्वाधार पुर्ववत रुपमा नै तयार गरी राख्नु पर्ने जिम्मेवारी सम्बन्धित निकायको रहेको र मापदण्ड अनुसारको न्यूनतम बस्ने सुबिधाका लागि आवश्यक स्थान, स्वास्थ खाना, पानी, बिजुली, सरसफाई लगायतका स्वास्थ्यकर्मी र आवश्यक जनशक्तिको ब्यवस्थापन गरि नागरिकको जीवन रक्षाका लागि कोभिड–१९ सम्बन्धी क्वारेन्टाईन संचालन तथा ब्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ ले निदिष्ट गरेको न्यूनतम पुर्वाधारको ब्यवस्था तत्काल गरी क्वारेन्टार्ईन सञ्चालन गर्नु र ब्यवस्थित रुपामा सञ्चालनमा ल्याउनु भनी सरोकारवाला निकायहरुको नाऊँमा आन्तरिम आदेश जारी भएको छ ।

रिटमा इंगित गरेको नरैनापुर गाऊँपलिकाका जनताको मात्र नभई समग्र जनताको सरोकारको बिषयसंग सम्बन्धित रहेको हुँदा मिति ०७७।२।१४ मा बिवादित बिषयका सम्बन्धमा के कस्तो ब्यवस्थापन भएको छ ? सो को बिस्तृत बिवरण र खाका सहित विवादित बिषय संग प्रत्यक्षतः सरोकार राख्ने प्रत्यर्थीहरु जिल्ला प्रशासन कार्यालय बाँके समेतलाई जानकारी गराउनु भनि उक्त अन्तरिम आदेशमा उल्लेखित रहेको छ ।

निबेदक अधिवक्ताहरु बिजय कुमार शर्मा र राम कुमार दीक्षित सहित निबेदकहरुका तर्फबाट वरिष्ठ अधिवक्ता भोलासिंह हमाल, अधिवक्ताहरु क्रमशः सुनिल कुमार श्रेष्ठ, बिश्वजीत तिवारी, बिकास आचार्य, केशवराज पन्त, मधुर पाठक राजेन्द्र कुमार बिश्वकर्मा तथा पुर्ण प्रसाद ढकाल समेतले बहस गर्नु भएको जानकारी प्राप्त भएको ।

अदालतबाट भएको आदेशलाई तत्काल प्रभावले सम्बन्धित निकायहरुले पालना गर्ने र मापदण्ड अनुरुप क्वारेन्टाईन सञ्चालन गरी क्वारेन्टाईन भएका नागरिक प्रति सम्बन्धित निकाय जिम्मेवार बनी सम्मान पूर्वक बाँच्न पाउने हकको प्रचलन गराउने छन भनि निबेदकहरु दीक्षित तथा शर्माले बिश्वास ब्यक्त गरेका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x