१५ जेष्ठ २०८१, मंगलवार

कोरोनाले लियो दुई दिने नवजात शिशुको ज्यान,एकैदिन २ हजार भन्दा बढी संक्रमित

एसीपी संवाददाता

८ जेष्ठ २०७७, बिहीबार १४:०४ मा प्रकाशित

अरशद शेष राई –

साउदी अरेबिया / कोरोना भाइरस अर्थात कोभिड -१९ को महामारीबाट साउदी अरेबियामा एक जना नवजात शिशुको ज्यान गएको छ । कोभिड -१९ को महामारीको कारण दुई दिने नवजात शिशुको ज्यान गएको हो ।साउदी अरेबियामा कोरोना भाइरसको महामारीबाट सबै भन्दा कम उमेरमा नवजात शिशुको ज्यान गएको यो पहिलो घटना भएको साउदी स्वास्थ्य मंत्रालयले जनाएको छ ।साउदी स्वास्थ्य मंत्रालयले बुधबार अबेरराती एक बयान जारीगरि भने “दुर्भाग्यपूर्ण देशमा कोरोनाको महामारीबाट पहिलो शिशुको ज्यान गएको छ जुन दुई दिनकी नवजात शिशु थिइन ।

शिशु जन्मिनु भन्दा पहिले नै शिशुको आमालाई कोरोना महामारी जस्तो भाइरसले पोजेटिभ पाइएको थियो जुन शिशु जन्मिदा त्यहीं कोभिड -१९ को संक्रमणबाट ग्रसित पाइयो” । साउदी स्वास्थ्य मंत्रालयले पीडित आमा प्रति संवेदना व्यक्त गरेको छ । साउदी अरेबियामा बुधबार एकैदिन नयाँ २ हजार ६ सय ९१ जना कोरोना संक्रमित थपिएका छन जबकि एकैदिन १ हजार ८ सय ४४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन ।

बुधबार नयाँ भेटिएका संक्रमित मध्ये रियाद ८१५, जद्दा ३११, मक्का ३०६, मदिना २३६, दम्माम १५७, हुफुफ १४० जस्तै गरि २ हजार ६ सय ९१ जना संक्रमित थपिएसंगै संक्रमितको संख्या ६० हजार भन्दामाथि पुगेको छ । कोरोना भाइरसको महामारीले गर्दा साउदी अरेबियामा बुधबार अबेरराती सम्म संक्रमितको जम्म संख्या ६२ हजार ५ सय ४५ पुगेको छ भने उपचारपछि निको हुनेको जम्म संख्या ३३ हजार ४ सय ७८ पुगेको स्वास्थ्य मंत्रालयले जनाएको छ ।साउदी अरेबियामा हाल सम्म कोभिड -१९ को भाइरसका कारण ३ सय ३९ जना संक्रमितको ज्यान गएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x