७ कार्तिक २०८१, बुधबार

वडा अध्यक्ष आलेको परिवारले गरे गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि अक्षकोष स्थापना

एसीपी संवाददाता

२० फाल्गुन २०७६, मंगलवार ०२:०२ मा प्रकाशित

अमृत भट्टराई / बिहादी, पर्वत । पर्बतको बिहादी मा रहेको रानीपानी आधारभूत बिद्यालयमा वडा नम्बर ३ का वडा अध्यक्ष रणबहादुर आलेको परिवारले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको लागि अक्षकोष स्थापना गरेको छ |
स्वर्गीय हजुरबुवा टेक बहादुर आले तथा हजुरआमा मनकुमारी आलेको स्मृतिमा छोरा दानबहादुर आले बुहारी उमादेवी आले नातिहरु रणबहादुर आले र पदम बहादुर आले ले विद्यालयको ६९ औं बार्सिकोत्सब तथा अभिभाबक दिवस को अबसरमा बिद्यालयमा उपस्थित भएर नगद रु १५ हजार बराबरको अक्षकोष स्थापना गरेका हुन |
अक्षकोष स्थापना गरेपछी प्रतिक्रिया दिदैं वडा अध्यक्ष आले ले हजुरबुवा तथा हजुर आमा जीवन्त रहुन्जेल सामाजिक कार्यमा सक्रिय रहेको स्मरण गर्दै अक्षकोष स्थापना संगै गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई अध्यनमा प्रोत्साहन मिल्ने अपेक्षा ब्यक्त गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x