२४ फाल्गुन २०८२, आईतवार
चिनी कोरोना भाइरस, बाढीपहिरोबाट सचेत रहन प्रशासन कार्यालय कपिलवस्तुको आग्रह
अजय मिश्र
कपिलबस्तु/ फाल्गुन २२
विश्व स्वास्थ्य चुनौतीको रूपमा देखा परेको कोरोना भाइरस 2019-nCov (कोभिङ -१९) को संक्रमणबाट सुरिक्षत रहनकोलागि जिल्ला प्रशासन कार्यलय कपिलबस्तुको अनुरोध गरेको छ।नितान्त पारिवारिक जाम घट, भेट घट बाहेक अन्य कुनै पनि जात्रा,पर्ब, मेला, महोत्सव वा यस्तै अन्य कुनै पनि कार्यक्रम संचालन नगर्ने र नगराउन तथा सहभागी न हुन समेत अनुरोध गरेको छ। साथै मक्सको प्रयोग गर्ने,ततो पानीले हात धुने, खाने कुराहरु राम्रो संग पकाएर खाने, प्रशस्त मात्रामा झोलिलो खाने कुराहरु खाने, रुघाखोकि शरीर दुख्ने, टाउको दुख्ने,ज्वारों आउने ,श्रास फेर्न ग्राहो हुने जस्ता लक्षण देखापरेमा नजिकैको अस्पतालमा संपर्क गर्नु गराउनु हुन सबै जिल्लावासीहरुलाई सूचना मार्फ़त अनुरोध गरेको हो।
Subscribe
Login
0 Comments



