९ माघ २०८२, बिहीबार
जस्ने गौसुलवरा कन्फ्रेन्समा इस्लामीक कुरा नागरिकको बीचमा पुर्याउन भारतबाट मुस्लिम धर्म गुरु आउदै
बाँके फागुन । नेपालगन्जमा भब्यताका साथ १२ औं जस्ने गौसुलवरा कन्फ्रेन्स बिहिबार फुल्टेक्रामा हुने भएको छ ।
बिगत ११ वर्षदेखि नेपालगञ्जको फुल्टेक्रा आँखा अस्पतालस्थित इस्लामीक कुरालाई आम नागरिकको बीचमा पुर्याउन भारतको विभिन्न ठाउँबाट मुस्लिम धर्म गुरुहरु आउने भएका छन । जस्ने गौसुलवरा कन्फ्रेन्स फागुन २९ गते राती ८ बजेको समयमा संचालन हुने हाजी रज्जब अलि अन्सारी ले जानकारी गराएका छन ।
जसमा मुख्य व्यक्तिको रुपमा मुकरिरे खुसुसी ,पिरे तरिकत रहबरे राहें शरिअत खतिबे जिशान हजरत, अल्लामा मैलाना, सैयद अल्हाज मोहम्मद आमिर मस्ऊदी साहब किब्ला खानकाह मस्ऊदीया बान्दा यु.पि, साथै जेरे निजामत हजरत हाफिज व कारी हस्सान रजा साहब किब्ला बरेली शरिफ, मुकरिरे जिशान फाजिले जलिल हजरत मौलाना नोमान अख्तर फेकुल जमाली साहब किब्ला झारखण्ड बिहार, त्यसैगरी शायरे हर दिल अजिज जनाब सन्दल जलाल पुरी अम्बेडकर नगर यु.पि, र शायरे हिन्दुस्तान बुलबुलेबागे मदिना जनाब मुबारक हुसैन मुबारक साहब झारखण्डको उपस्थितिमा कार्यक्रम संचालन हुने भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ मा प्रत्येक वर्ष गौसुलवरा कन्फ्रेन्स संचालनमा ल्याएको हाजी मुबारक अलि, हाजी रज्जब अलि अन्सारीले बताए ।
Subscribe
Login
0 Comments



