१५ जेष्ठ २०८१, मंगलवार

थारुवान राष्ट्रिय मोर्चाको आज आमहड्ताल

एसीपी संवाददाता

२० फाल्गुन २०७६, मंगलवार ०३:५७ मा प्रकाशित

थरुहट–थारुवान राष्ट्रिय मोर्चाले यहि फागुन आज २० र भोलि २१ गते सशक्त आमहड्ताल घोषणा गरेको छ ।सरकारसंग १४ बँुदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिई माग मुद्धा पुरा गराउनका लागि दोस्रो चरणको कार्यक्रम अन्र्तगत २० र २१ गते दुइ दिन शान्तिपूर्ण सशक्त आम हड्तालको कार्यक्रम घोषणा गरेको हो ।
मोर्चाका केन्द्रिय संयोजन समितिका महासचिव तुलसी थारुद्वारा हस्ताक्षरित पत्रमा आमहड्तालको क्रममा कलकारखाना, उद्योग धन्दा, व्यापार, व्यवसाय, शिक्षण संस्था लगायत सवारी तथा धुवानीका सबै यातायातका साधन पूर्णतया बन्द रहने जनाएको छ । आमहड्ताललाई नजर अन्दाज गरि सवारी साधन चलाए वा खुलाएमा उत्पन्न हुने सबै परिस्थितिको सम्पूूर्ण जिम्मेवारी नेपाल सरकार र स्वयं रहने पनि मोर्चाले जनाएको छ
तर आम हड्तालको समयावधिमा अत्यावश्यक सवारी साधनहरु, दमकल, एम्बुलेन्स, शव बाहन, सुरक्षा निकाय, दुध बोक्ने, औषधीजन्य, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटक, पत्रकार, कुटनीतिक नियोगका सवारी साधनहरु निर्वाधरुपमा सञ्चालन हुन पाउने जनाएको छ ।
मोर्चाले नेता रेसम चौधरीसहित ११ जना जेलबन्दी, टीकापुर घटनाबारे सत्य तथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरीशचन्द्र लाल नेतृत्वका न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने लगायत १४ बुँदे माग राख्दै मोर्चा आन्दोलनरत रहेको छ ।सभार / हमार सनेस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x