१७ मंसिर २०८०, आईतवार

विश्व स्वास्थ्य संगठन अनुसार नेपाल कोरोना भाइरस संक्रमणको उच्च जोखिममा

एसीपी संवाददाता

२० फाल्गुन २०७६, मंगलवार ०९:०७ मा प्रकाशित

एजेन्सी । कोरोना (कोभिड १९) को संक्रमण विश्वभर फैलिदै गएको छ। विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा राखेको छ। नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको बताइरहेका बेला विदेशबाट फर्किएका चार जना नेपालीलाई कोरोना भाइरसको आशंकामा टेकुस्थित आइसोलेसन वार्डमा राखिएको थियो। तर उनीहरु सबैको रिर्पोट नेगेटिभ आएको छ। परीक्षणका क्रममा उनीहरु सबैलाई कोरोना भाइरसको संक्रमण नदेखिएको अस्पतालले जनाएको छ। त्यस्तै तिब्बतको ताक्लाकोटबाट भागेर हिल्सा हुँदै हुम्ला फर्कन लागेका एक नेपाली युवा गम्भीर अवस्थामा फेला परेका छन्। कोरोना संक्रमित भएको आशंकासहित स्वास्थ्यचौकीमा उनको उपचार हुँदैछ। तर, कुनै सावधानी अपनाइएको छैन। चीनमा ३ हजार बढीको ज्यान लिइसकेको, ८० हजारभन्दा बढीलाई संक्रमित बनाइसकेको कोरोनाबाट अहिले विश्वभरका देश कसरी जोगिने भन्ने चिन्तासहित तयारीमा हतारिएका छन्। चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म ६६ देशमा फैलिएको छ। विश्वभर कोरोना भाइरस फैलिरहेका बेला नेपालमा पनि उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। विश्वस्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरसको उच्च जोखिममा राखेपछि सभा, समारोह, भिडभाड, विवाह, पार्टीमा नजान सरकारले निर्देशन दिइसकेको छ। सरकारले कारोना भाइरसबाट सावधानी अप्नाउन निर्देशन दिइरहेका बेला भिडभाड हुने भएका कारण स्कुल कलेज पनि बन्द गर्नु पर्ने माग उठेको छ। स्कुल तथा कलेजमा विद्यार्थीहरु एकअर्काको सम्पर्कमा बढि आउने भएका कारण केही समय विदा दिनुपर्ने माग भइरहेको छ। यस विषयमा सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै गोपाल गुरुङले लेख्नुभएको छ, ‘सम्भावित खतराबाट बच्ने उपाय अप्नाइहाल्नु पर्छ। विद्यालय तथा कलेज तुरुन्त बन्द गर्दा उचित हुन्छ । काम विग्रिएपछि पछुताउनुभन्दा बेलैमा सामान्य अवस्थामा रहनु राम्रो हुन्छ।’ त्यस्तै राई ध्रुब नामका अर्का प्रयोग कर्ताले लेख्नुभएको छ, ‘स्कुल कलेज तुरुन्त बन्द गरिनुपर्छ, काम बिग्रिपछि धेरै समस्या हुन्छ।’ त्यस्तै हिम मगरले लेख्नुभएको छ, ‘परीक्षा छिटो सकेर बन्द गरिनुपर्छ। त्यस्तै रमेश तामाङले लेख्नुभएको छ, छिटोभन्दा छिटो स्कुल कलेज बन्द हुनुपर्छ, सरकारको यसमा पनि ध्यान जाओस्।’ त्यस्तै विष्णु गौतमले लेख्नुभएको छ, ‘बरु एक वर्ष ढिलाभएर केही हुँदैन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x