३० असार २०८१, शनिबार

सरकारसँग १४ बुँदे माग राख्दै मोर्चाले सरकारलाई दबाब दिन तराईका जिल्लामा आमहड्ताल

एसीपी संवाददाता

२१ फाल्गुन २०७६, बुधबार ११:०४ मा प्रकाशित

थरुहट÷थारुवान राष्ट्रिय मोर्चाको बुधबार पनि तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको छ। सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन हिजो र आज कैलाली, कञ्चनपुर,बाके ,बर्दिया , सहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरिएको थियो। छोटो दुरीका सवारी साधन केही सङख्यामा सञ्चालन भईरहेका छन् भने लामो दुरीका सवारी साधन भने अहिले चल्न सकेका छैनन्।
यस्तै धनगढी,महेन्द्रनगर,बाके,बर्दिया ,सहित विभिन्न क्षेत्रमा बजार आशिंक रुपमा खुलेका छन्। मोर्चाका कैलाली प्रवक्ता चुन्नुराम चौधरीले अत्यावश्यक सेवा बाहेक यातायात, बजार, विद्यालय सबै बन्द गरिएको दिनेश खवरलाई बताए। उनले भने, ‘आमहड्तालको क्रममा कलकारखाना, उद्योगधन्दा, व्यापार व्यवसाय, शिक्षण संस्था लगायत यातायातका साधन पूर्ण रुपमा बन्द गरेका छौँ। आमहड्ताल अवज्ञागरी सवारी साधन चलाएमा उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र स्वयमले लिनुपर्नेछ।’
आम हड्तालको समयावधिमा अतिआवश्यक सवारी साधनहरु, दमकल, एम्बुलेन्स, शव बाहन, सुरक्षा निकाय, दुध बोक्ने साधन, औषधीजन्य सवारी, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटक, पत्रकार, कुटनीतिक नियोगका सवारी साधनहरु भने निर्वाध रुपमा सञ्चालन हुन पाउने बताइएको छ।
रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा छ। साभार दिनेश खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x