२१ बैशाख २०८३, सोमबार
नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर सील

बाँकेको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा एक जना उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पताल भित्र आवत जावत गर्न नपाउने भन्दै अस्पताल क्षेत्र सील गरीएको छ । सोमबार अछामबाट आन्द्रामा समस्या देखिएपछि उनलाई हेलिकप्टरमार्फत उपचारकालागि कोहलपुर ल्याईएको थियो ती महिलामा कोरोना संक्रमण देखिएको छ । बिरामीमा संक्रमण देखिएपछि बिरामीको उपचारमा संलग्न डाक्टर, नर्स र सहयोगी सहित १४ जनालाई क्वारेन्टिनमा राखिएको र अस्पताललाई पूर्ण रुपमा सेनिटाईज नगर्दासम्म सील गरिएको डाक्टर श्रेष्ठले बताए । १८ हप्ताको गर्भवती समेत रहेकी ती महिलाको आन्द्रा गुजल्टीएको अवस्थामा रहेकाले अप्रेशनको तयारी गरिएको डाक्टरले जानकारी दिए ।
Subscribe
Login
0 Comments



