२४ कार्तिक २०८२, आईतवार
कारागारमा झडप

डिल्लीबजार कारागारमा झडप भएको छ । आइतबार बिहान गोकुल गिरी र अन्य कैदीबीच झडप हुँदा समीर भन्ने शमशेर तामाङ घाइते भएका छन् । गिरी वरिष्ठ न्युरो सर्जन स्वर्गीय उपेन्द्र देवकोटाकी छोरी मेघा देवकोटाको अपहरण अभियोगमा अदालतबाट दोषी ठहर भई कारागार चलान भएका थिए । २०६५ साउन १८ गते गिरीको समूहले मेघालाई अपहरण गरेका थिए ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले गिरीलाई चौकीदारबाट हटाउन माग गर्दै कैदीबन्दीहरु आन्दोलित भएका थिए । त्यहीक्रममा झगडा भएको हो । गिरीमाथि आर्थिक अनियमितता आरोप लगाउँदै बन्दीहरु आन्दोलित भएका थिए । घटनाबारे अनुसन्न्धान भइरहेको डीआईजी पोखरेलले बताए । सभार इ कान्तिपुर
Subscribe
Login
0 Comments



