६ कार्तिक २०८१, मंगलवार

मन्त्री त्रिपाठि र मिश्र ले गरे प्रधानमंत्री ओलीको स्वास्थ्य लाभको कामना

एसीपी संवाददाता

२२ फाल्गुन २०७६, बिहीबार ०६:४३ मा प्रकाशित

कपिलवस्तु,२२ फागुन
प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण शल्यक्रिया सफल भएसँगै देशैभर ओलीको सीघ्र स्वास्थ्य लाभको कामनासहित दिपावली मनाइरहँदा संघिय मामिला तथा समान्य प्रशासन मंत्री हृदेश त्रिपाठी र पूर्व मंत्री ईश्वर दयाल मिश्र ले प्रधानमंत्री ओली को स्वास्थ्य लाभको कामना गरेका छन् । साथै सम्माननीय प्रधानमन्त्रिको सिघ्र स्वास्थ लाभको कामना गर्दै मृगौला प्रत्यारोपण मा संलग्न सबै चिकित्सक हरु लाई मुरी मुरी बधाई दिदै तपाई हरुले नेपाल को चिकित्सा संरचनामा निहित सिप र ज्ञानको बिस्वसनियता कायम गर्न ठुलो योगदान गर्नु भएको छ। तपाई हरु को सफलता बाट सबै नेपाली हर्षित छन् भन्ने भाव पूर्व मंत्री ईश्वर दयाल मिश्र ले व्यक्त गरे।

संघीय गणतन्त्र नेपालका सम्माननीय प्रधानमन्त्री ओलीको सुस्वास्थ्य, दीर्घायूका साथै सीघ्र स्वास्थ्य लाभको कामनासहित शुभकामना व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौंमा दोस्रो पटक मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा सबै नेपालीलाई खुशी रहेको कुरा पूर्व मंत्री ईश्वर दयाल मिश्र ले बताए। चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको, सबै सुचाङ्कहरु राम्रो रहेको र प्रत्यारोपित मृगौलाले काम गर्न शुरु गरेको बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x