२१ बैशाख २०८३, सोमबार

सवारी चालकलाई कोरोना संक्रमण पुष्टि,गुलरिया नगरपालिका वडा नम्बर ३ का १९ वर्षीय पुरुषमा संक्रमण पुष्टि

एसीपी संवाददाता

२६ जेष्ठ २०७७, सोमबार ०५:५१ मा प्रकाशित

बर्दियाका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनीसहितका कर्मचारीको स्वाब संकलन गरिएको थियो । नेपालगञ्जको भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा प्रजिअ र कर्मचारीमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । सरुवा भएका प्रजिअ लामिछानेको पिसिआर रिपोर्ट नेगेटिभ देखिए पनि चालकको पोजेटिभ देखिएको थियो । चालकलाई गुलरियास्थित जिल्ला समन्वय समितिको सभाकक्षको आइसोलेशनमा राखिएको छ । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ३ का १९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । यसै बीच बाँकेमा आईतबार थप ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । आइतबार भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा खजुरा गाउँपालिका वडा नम्बर ४ का ३८ र ७ का ३० र १५ वर्षीय पुरुषमा संक्रमण पुष्टि अस्पतालले जनाएको छ । यो संगै बाँकेमा संक्रमितको संख्या २ सय ७० पुगेको छ । ५० जना निको भएर घर फर्किँएका छन । नरैनापुर गाउँ पालिका १ जनाको मृत्यु भैसकेको छ । भेरी अस्पतालका अनुसार आज गरिएको परिक्षणमा रोल्पाका २ र बर्दियाका १ जनामा पनि संक्रमण देखिएको छ । यस्तै

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x