५ असार २०८३, शुक्रबार

बागेश्वरी टेलिभिजनद्वारा स्वास्थ्य सामाग्रि प्रदान,काँग्रेसका युवा नेता शाह जनताको सुख दुखमा आँफु सधैं साथ रहने प्रतिबद्धता

एसीपी संवाददाता

२७ जेष्ठ २०७७, मंगलवार ०८:०४ मा प्रकाशित

बागेश्वरी टेलिभिजनले आज मंगलबार खजुरा गाऊँपालिकामा स्वास्थ्य सामाग्रि वितरण गरेकोछ । जिल्लाका अधिकाशं क्वारेन्टाईनमा मास्क र स्यानटाईजर पुर्याउन सके मात्रै पनि कोभिड नियन्त्रणमा सहयोग हुन सक्ने देखेकाले यो प्रयास गरेको टेलिभिजनका अध्यक्ष लक्ष्मी नारायण शाहले बताउनुभयो ।

अध्यक्ष शाहले रहेका जिल्ला भरीका क्वारेन्टाईनमा स्वास्थ्य सामाग्रि उपलब्ध गराउने समेत बताउनुभयो । उहाँले बागेश्वरी टेलिभिजनले सामाजिक उत्तरदायीत्व समेत बहन गर्न खोजेको बताउनुभयो । टेलिभिजनका प्रबन्ध निर्देशक बसन्त शर्माले सकेजति हामी जिल्लाका सबै क्वनरेन्टाईनमा स्वास्थ्य सामाग्रि उपलब्ध गराउने प्रयासमा रहेक छौं । बाँके जिल्ला भरी समाचार संकलनमा हिंडेपछी क्वारेन्टाईनहरुमा स्वास्थ्य सामाग्रिको अभाव देखेपछी हामीले स्वास्थ्य सामाग्रि वितरण गर्ने सोंच बनाएको समाचार प्रमुख नरेन्द्र थापाले बताउनुभयो । बागेश्वरी टेलिभिजनका अध्यक्ष लक्ष्मीनारायण शाह,प्रबन्ध निर्देशक बसन्त शर्मा,समाचार प्रमुख नरेन्द्र थाप,ब्यवस्थापक चेतकान्त भट्टराई,कार्यक्रम प्रस्तोता प्रिया स्मृति ढकाल,विनोद गौतम सहितको टोलि स्वास्थ्य सामाग्रि वितरणमा रहेका छन् । नेपाली काँग्रेसका युवा नेता समेत रहेका शाहले प्रदेश सभा सदस्यका ३ ख बाट निर्वाचन लडेको सम्झँदै यहाँका जनताको सुख दुखमा आँफु सधैं साथ रहने समेत बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x